लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेबाट माइला-कान्छा उपनामले परिचित पार्वती गुरुङ र माया गुरुङ सम्मानित भएका छन् ।
यही २१ मे आइतबार एम्पायर हल अल्डरशटमा आयोजित एनआरएनए यूकेको विशेष महाधिवेशनमा माइला र कान्छालाई समाजसेवामा पुर्याएको योगदानको मूल्यांकनसहित प्रमुख अतिथि, एनआरएनए आईसिसीका पूर्वअध्यक्ष डा. शेष घलेले मायाको चिनो र प्रशंसापत्र हस्तान्तरण गरेका हुन् ।
पार्वती तमु समाज यूकेका आजीवन सदस्य, माया आमा समूहका पूर्वअध्यक्ष तथा सल्लाहकार हुन् । माइला-कान्छा अभियान बेलायतले नेपालमा थुप्रै सामाजिक सेवाका काम गर्दै आएको छ ।
त्यसक्रममा तमु समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, समाजसेवी रविन्द्रजंग लामिछाने, मेजर खिम गौचन, इशा गुरुङ, माया गुरुङ, पार्वती गुरुङ, विनोद चिपालु, विनोद बुढाथोकी, रिचार्ड गुरुङ, नरमति पुन, डा. विशाल गुरुङ, डा. डिना तामाङ र राष्ट्र राईलगायत पनि सम्मानित भएका थिए ।