लन्डन । सहारा यूकेको 'सहारा यूके फ्यामिली क्याम्पिङ २०२३' कार्यक्रम सम्पन्न भएको छ । यही मे १२ शुक्रबारदेखि १४ तारिख आइतबारसम्म वेल्समा आयोजना गरिएको हो । कार्यक्रमको पहिलो चरणअन्तर्गत तयारी र योजना निर्देशकमा अध्यक्ष ले.रि कुसाङ गुरुङ र प्रशासनिक सहयोगीमा उपाध्यक्ष कृष्ण गुरुङ थिए । प्राविधिक विषयमा महासचिव मनोज गुरुङबाट भएको थियो । खानपिन र सामान व्यवस्थापन सेरा गुरुङ, ज्याक गुरुङलगायत थिए भने खर्च हिसाबकिताब कोषाध्यक्ष कुमार थापाले गरेका थिए ।
क्याम्पिङमा संस्थापक अध्यक्ष नवीन गुरुङ/श्रीमती, पूर्वअध्यक्ष दिलीप गुरुङ एमबीई/श्रीमती, कुमार गुरुङ/श्रीमती, मिन गुरुङ/श्रीमतीको सहभागिता थियो । त्यस सहारा एफसी चेयरमेनमा शारदा गुरुङ/श्रीमती, सीईओ क्या पिताम्बर गुरुङ/श्रीमती, सपन इन्टरटेन्टमेन्टका डाइरेक्टर सपनकुमार राई/श्रीमती मञ्जु गुरुङलगायत थिए ।
त्यस्तै तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष हित काजी गुरुङ, वर्तमान उपाध्यक्ष कमल गुरुङ, अन्य सदस्यहरु अमृत गुरुङ, दिलरास गुरुङ, गम गुरुङलगायत थिए । पहिलो दिन १ देखि ३ बजेभित्र कम्बाइन किचन, टेन्ट टाङ्ने काम सकिइसकेको थियो ।
फ्रस्ट लेडी पञ्चा गुरुङ, मिना गुरुङ र मञ्जु गुरुङले मिठो अचारलगायत खाना व्यवस्थापन गरेका थिए । बेलुकी ५ बजेभित्र सबै क्याम्पिङमा सहभागीहरु आइसकेका थिए । ६ बजेदेखि खानपिनलगायत मुख्य कार्यहरु सुरु भएका थिए । जुन राति २ बजेसम्म चलेको थियो ।
दोस्रो दिन ब्रेकफास्टपछि योगा क्लासमा सहभागी गराइएको थियो । जसको नेतृत्व शारदा गुरुङले गरेका थिए । मध्याह्न १२ बजेतिर त्यहाँबाट १०/१५ मिनेटको दुरीमा रहेको नेपाली भिलेज यूकेमा भ्रमणमा गयौं । भ्रमणका लागि नेपाली भिलेज यूके परियोजनाका प्रमुख मेजर खुसीमान गुरुङ एमभिओले निमन्त्रणा गरेका थिए । करिब ४५ मिनेटसम्म नेपाली भिलेज परियोजना प्रमुख गुरुङले परियोजनाको क्षेत्र अवलोकन गराए । १ घण्टा जतिको हाइकिङपछि रमणीय तलाउ बाँधमा पुगेको थियो टोली । फर्किएपछि २ बजे फुटबल भएको थियो । १५/१५ मिनेटको फुटबलमा बराबरीमा टुंगिएपछि गम गुरुङको रेफ्रीमा पुन: थिप ५ मिनेट खेलेपछि टुंगिएको थियो । त्यसपछि विजेतालाई संस्थापक अध्यक्ष र अध्यक्षको हातबाट विभिन्न आकर्षक पुरस्कार वितरण गरिएको थियो ।
त्यसपछि महिला भलिबल भएको थियो । त्यसका विजेता र अन्य खेलाडीलाई अध्यक्ष, उपाध्यक्षलगायतले पुरस्कार हस्तान्तरण गरे । त्यसपछि राति बारबिक्यू व्यवस्था थियो । राति १ बजेसम्म सपन कुमार राईले मनोरञ्जन गराएका थिए । भोलिपल्ट ११ बजेभित्र त्यहाँको टेन्टलगायत सामाग्री बुझाएर १२ बजेतिर नजिककै ब्रेकन टाउनस्थित मेजर खुसीमान गुरुङको घरमा क्याम्पिङ टोलीलाई लन्चको व्यवस्था गरिएको महासचिव मनोज गुरुङ जानकारी दिए ।
सहाराले बेलायतका विभिन्न पर्यटकीय क्षेत्रमा हरेक साल क्याम्पिङ गर्दै आएको छ । कोरोना महामारीका कारण केही वर्ष अवरुद्ध भएको क्याम्पिङ यस वर्ष निरन्तरता पाएको हो ।