बेलायत ६ मे २०२३ । साउथ योर्कसायरस्थित, स्टकमोर, हडर्सफिल्डको ओक ट्री फार्ममा तीन दिने "लाईफ ट्रान्सफरमेसन रिट्रिट" सम्पन्न भएको छ । नेपालबाट आएका माष्टर कन्सियोस्नेस कोच र ट्रेनर इन्द्र गुरुङ, साइक्लोजी कोच र माष्टर हिलर श्रीमती राजेश्वरी श्रेष्ठ गुरुङ र आकश हिलर रोनाल्ड गुरूङले ट्रेनिङ गराएका थिए ।
बेलायतका प्रोपर्टी ब्यवसासी हरिकुमार गुरुङ र श्रीमती झुमा गुरुङले ट्रेनिङका लागि अति उपयुक्त स्थान चुनेका थिए। शहर बजारको कोलाहलदेखि पर एकान्त, १२ जनाका लागि सुविधायुक्त घरमा तीन दिन बितेको महसुस नै भएन भन्छन् डन्काष्टर निवासी मधुकर गुरुङ । फार्नबोरोबाट प्रकाश गुरुङ र संगीना गुरुङ, योर्कबाट दुर्गा गुरुङ र बिमला गुरुङ, ग्रयान्थमबाट सिर्जना गुरुङ, हडर्सफिल्डबाट हरि कुमार गुरुङ, झुमा गुरुङ र दिपा गुरुङ, डनकाष्टरबाट मधुकर गुरुङको सहभागिता थियो ।
देशविदेशमा सयौंको संख्यामा ट्रेनिङ, कोच, मोटिभेसन, हिलिङ गराईसकेका र नेपालको खेलकुद क्षेत्रमा त चमत्कार नै सृजना गरेका युगल गुरुङ जोडीबाट युकेवासी नेपालीले केही सिक्ने सुनौलो मौका पाए । रिट्रिटको पहिलो दिन दिउँसोको चार बजे पछि सुरु भएको थियो। २१० माईल्सको रोड यात्रा गरेर इन्द्र र राजी रिट्रिट स्थान ओर्क ट्री फार्म आईपुगेका थिए। मध्यरात काटेर विहान साढे एक बजेसम्म पनि क्लास निरन्तर चलाईरहेको थियो।
विषयहरु अति नै सान्दर्भिक थिए। बिहान पखसम्म पनि नत कसैलाई निद्राले झुल्तो नत बोरिङ्ग नै भयो ।
माईन्ड बोडीको सम्बन्ध, माईन्डका प्रकारहरु, अउराको बारे, माईन्डको त्रिकोणात्मक स्थिति (अवस्था, रणनीति, कथा), स्प्रेच्युएल स्टेट, मोड्यालिटी (भीएआर), भुतप्रेतसँग जम्का भेट भए कसरी सम्बाद गर्ने, ह्विएल अफ लाइफ, बचपन, टिनेज, यूथ र भविष्यका सपनाबारे सिकाइएको थियो। बीचमा थुप्रै नाच, ब्रिदिङ्ग एक्सरसाइजहरु गराएर उर्जा निकालिएको थियो ।
दोस्रो दिन बिहानै मिनी ड्यानमिक मेडिटेसनबाट सुरु भएको थियो। गोल्डेन बुक अफ लाइफ, बिलिफ र भ्यालुजबारे, गोल सेट गर्ने तरिका, न्यूरोलोजिकल लेभल, कन्सोएसनेसको लेभलबारे सिकाएको थियो । पहिलो पटक बेलायत घुम्न आएका २६ वर्षिया रोनाल्डले वेलायतको छोटो अनुभवलाई कवितामा "मेरो देश घाम र छाया" लेखेर वाचन गरेका थिए। रिट्रिटमा सहभागि सबैले कविता मन पराए। आँशु कविको पनि संज्ञा दिए। होटल ब्यावसायी दुर्गा गुरुङले धेरै प्रसंसा गर्दै रोनाल्डलाई निरन्तर रुपमा कविता कोर्न सुझाव दिए ।
अन्तिम दिन विहानै सात बजे मिनि ड्यानमिक मेडिटेसन गरेर नेचर वकको लागि तयारी गरे । नेचर वक अगावै गर्नु पर्ने बिधिहरु पुरा भए पछि होटलबाट सबै जना नजिकैको रमणीय स्थान रुख, खोला आदि भएको तिर लागे ।
माष्टर इन्द्र र हिलर राजीको निर्देशनमा खाली खुट्टा हिँड्ने, पानीमा खुट्टा डुबाउने, रुखसँग कुराकानी गर्ने अति नै नौलो र रमाईलो हिँडाइ भयो। पन्च तत्वसँग कनेक्ट गरेर कसरी हिँड्ने भन्ने ब्यवहारिक तरिका सिके । प्रकृतिसँग नजीक र चिनेर बसेमा मानव जीवन सहज हुन्छ भन्ने प्रमाणित भएको झुमा गुरुङ बताउँछन् ।
राजा चार्ल्सको राज्यभिषेक र बुद्ध जयन्तीको अवसर बीचमा सम्पन्न रिट्रिटबाट सहभागी सबै हर्षित थिए । वर्षमा एक पटक उक्त खालको रिट्रिट बृहत रुपमा गर्ने पनि निधो भएको छ ।