लन्डन । गुल्मी जिल्ला समाज यूकेको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
लन्डनको ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा सोमबार समाजका अध्यक्ष बीरबहादुर बलालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका सल्लाहकार, कार्यसमितिका पदाधिकारी एवम् आजीवन सदस्यहरु सहभागी कार्यक्रम अध्यक्ष बलाल र संस्थापक अध्यक्ष ओमप्रसाद थापाले उद्घाटन गरेका थिए । साधारणसभामा महासचिव रुद्र थापाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मुकुन्दहरि खरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो। त्यस्तै, विधान समितिका संयोजक केशव भण्डारीले पेश गरेको विधान संशोधन प्रस्तावमाथि पनि छलफल गरी पारित गरिएको थियो ।
समाजका अध्यक्ष बलालले आफ्नो गुल्मी भ्रमण र त्यसक्रममा गरिएको सहयोग हस्तान्तरणबारे जानकारी गराएका थिए । साधारणसभामा संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष टोप पल्ली, सल्लाहकारहरु मोति भन्डारी, बालजंग अर्याल, केशव भन्डारी, विनोद ज्ञवाली, रणबहादुर खाती क्षेत्री, फत्त थापा, क्या ताम ढेगा, रोमनाथ पाण्डे, राजेन्द्र श्रेष्ठ र कृष्ण भन्डारी, आजीवन सदस्य चिन्तामणि खरेललगायतले शुभकामना दिएका थिए।
साधारणसभाले संस्थाद्वारा विगतमा भएका कार्यप्रगतिको समिक्षा गर्दै भावी कार्यदिशा तथा कार्यक्रमहरु तय गरिएको छ । जसअनुसार समाजले वर्षेनी गर्दै आएको समर भेला आगामी अगस्ट ६ तारिख आइतबार गर्ने निर्णय भएको प्रवक्ता राधा खरेलले जनाइन् । उक्त कार्यक्रमको संयोजन गर्ने जिम्मा समाजका उपाध्यक्ष वरुण भन्डारीलाई दिइएको छ ।
यस वर्ष वार्षिक भेटघाटमा नेपालबाट चर्चित कलाकारहरूमा गुल्मेली गायिका पबित्रा सर्तुगे मगर साथै गायक तिलक बसनेटलाई बोलाउने निर्णय गरेको छ ।
महासचिव रुद्र थापाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष तारा भट्टराईले स्वागत मन्तव्य दिएकी थिइन् । सो अवसरमा गुल्मीको रुरु क्षेत्रमा गौशला स्थापना तथा परिवार व्यवस्थापनमा सहयोग पुर्याउने समाजकी सदस्य राजु मल्ललाई सम्मान गरिएको थियो ।