लन्डन । लिङथेप परिवार यूकेको परिचायत्मक भेटघाट सम्पन्न भएको छ ।
अल्डरसटस्थित एम्पाएर हलमा आयोजित कार्यक्रम वयोवृद्ध ८० वर्षीय कालिदास लिङथेपको अध्यक्षतामा भएको हो । उत्तरमा कार्डिफ, पूर्वमा आशफोर्ड देखि दक्षिणमा सोल्सबरीलगायत यूकेको विभिन्न क्षेत्रबाट दाजुभाइ, दिदीबहिनी, भानाभान्जीको बाक्लो उपस्थिति रहेको आयोजकले जनाएको छ । कार्यक्रममा सुरक्षासम्बन्धी जानकारी सुन्दर लिङथेपले र स्वागत मन्तव्य विजय लिङथेप राखेका थिए ।
कार्यक्रममा ब्रिटिस आर्मीमा पदोन्नति भएको क्याप्टेन छत्र लिङथेप, क्याप्टेन नरेश लिङथेप र किरात याक्थुङ चुम्लुङ यूके चुम्लुङ अवार्डबाट सम्मानित भान्जा इन्द्र थक्लुङलाई खादा लगाई सम्मान गरिएको थियो । विजय लिङथेपको संयोजकत्व सम्पन्न कार्यक्रममा सुन्दर लिङथेप, गोकुल लिङथेप, भीम सबिन लिङथेप, भक्त लिङथेप, छत्र लिङथेप, नरेश लिङथेप, लाल लिङथेप, केशर लिङथेप, घनश्याम लिङथेप, पर्वत लिङथेप, धन लिङथेप, राजेन लिङथेप, जित लिङथेप र ज्याकी लिङथेप दिदीबहिनीमा बिमला लिङथेप, खुशीमाया लिङथेप, हेमकुमारी लिङथेप, पुष्पलता लिङथेप, कुमारी लिङथेप र कला लिङथेपको सहयोग र योगदानले कार्यक्रम रह्यो ।