लन्डन । तमु समाज यूकेले यस वर्ष पनि तमु समुदायको महान् सांस्कृतिक पर्व ल्हु–ल्होछार/ल्होसार भव्य कार्यक्रम गरेर मनाउने भएको छ ।
शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आगामी २ जनवरीमा Harrow Leisure Centre, Christchurch Avenue, Harrow मा आयोजना गर्न लागिएको हो ।
कार्यक्रमका प्रमुख आकर्षण निम्न रहेको तमु समाज यूकेले जनाएको छ:
१. Lifetime Achievement Award: – दीर्घकालीन योगदान सम्मान - संस्थाको स्थापनाकालदेखि वा लामो समयसम्म निरन्तर सेवा र योगदान पुर्याउने व्यक्तित्वहरूको कदरस्वरूप समाजले प्रत्येक वर्ष यो सम्मान प्रदान गर्नेछ ।
२. Best Gurung Traditional Dress Award: – उत्कृष्ट तमु भेषभूषा: ल्होछार कार्यक्रममा मौलिक गुरुङ भेषभूषा पूर्ण र आकर्षक रूपले पहिरिएर आउनेमध्येबाट उत्कृष्ट छनोट गरी एक महिला र एक पुरुषलाई पुरस्कृत गरिनेछ।
३. Grand Raffle Draw: – कार्यक्रममा आकर्षक पुरस्कारसहितको Grand Raffle Draw हुनेछ ।
४. Special Musical & Cultural Performance): – विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति- नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकारहरूको बेजोड गायनका साथै स्थानीय युवा कलाकारहरूको आकर्षक मौलिक तथा सांस्कृतिक नृत्य प्रस्तुति रहनेछ ।
५. DJ & Entertainment: – डिजे तथा मनोरञ्जन सत्र- कार्यक्रमको अन्त्यमा डिजे (DJ) को विशेष सांगीतिक धुनसँगै सामूहिक नृत्य तथा रमाइलो मनोरञ्जनात्मक प्रस्तुति रहनेछ ।
बेलायतवासी तमु तथा नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, युवा तथा बालबालिकालाई सपरिवार उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन संस्थाले अनुरोध गरेको छ ।