बेलायत । बेलायतको एल्डरशटस्थित वेलिङ्टन सेन्टरमा सञ्चालित ‘लामा ज्वेलर्स लिमिटेड’ले नेपालीहरूको महान् चाड दशैं तथा तिहारको उपलक्ष्यमा ग्राहकहरूका लागि आकर्षक लक्की ड्र तथा विभिन्न छुट योजनाहरू सार्वजनिक गरेको छ। तिहारलगत्तै मिति तोकेर नतिजा सार्वजनिक गरिने यस लक्की ड्रमा पसलबाट सामान खरिद गर्ने सम्पूर्ण ग्राहकहरूको बिल नम्बरलाई नै कुपनका रूपमा समावेश गरिने लामा ज्वेलर्स लिमिटेडका सञ्चालक दिपेश लामाले बताए।
यस योजनाअन्तर्गत लक्की ड्रको प्रथम पुरस्कारमा आइफोन १८ प्रो म्याक्स, दोस्रो पुरस्कारमा ५ ग्रामको सुनको सिक्का र तेस्रो पुरस्कारमा एप्पलको एयरपड राखिएको छ। यसका साथै चाडपर्वकै अवसरमा सुन तथा चाँदीका गरगहना खरिद गर्दा मेकिङ चार्जमा २० प्रतिशत, ५० प्रतिशत र कतिपय गहनामा शतप्रतिशत (१००%) सम्म नै छुटको व्यवस्था गरिएको लामाले जानकारी दिए। उनका अनुसार पसलमा परम्परागत नेपाली मौलिक गहनादेखि टर्की, सिङ्गापुर, हङकङ र दुबई जस्ता विश्वभर रुचाइएका आधुनिक फेन्सी डिजाइनका हजारौं गहनाहरू उपलब्ध छन् भने ग्राहकको रुचिअनुसार युनिक डिजाइन अर्डरमा समेत निर्माण गरिन्छ।
यसैगरी, विगत आठ–नौ वर्षदेखि उत्पादन हुँदै आएको गोर्खालीसँग जोडिएको प्रतिष्ठित ‘गोर्खा वाच’को नयाँ स्टक पनि पसलमा आइसकेको छ। बेलायतभरिका लागि लामा ज्वेलर्स मात्र आधिकारिक विक्रेता (सोल डिस्ट्रिब्युटर) रहेको यस ब्रान्डका आकर्षक हातेघडी तथा भित्ते घडीहरू उपहारका निम्ति उत्कृष्ट विकल्प हुने र ती घडीहरूमा सीमित अवधिका लागि ५ प्रतिशत छुट दिइएको उनले बताए।
पछिल्लो समय सुनको मूल्यमा ठूलो गिरावट आएकाले लगानीका लागि यो उपयुक्त अवसर भएको सञ्चालक लामाको भनाइ छ। विगतमा १६३० पाउन्डसम्म पुगेको सुनको मूल्य घटेर हाल १२२० पाउन्डको वरिपरि आएको र करिब ३० प्रतिशतसम्म भाउ ओर्लिएकाले यो समय खरिद तथा लगानीका लागि निकै फाइदाजनक रहेको उनले स्पष्ट पारे।
यसबाहेक, ग्राहकले आफूसँग भएको सुन बेच्न चाहेमा युकेकै उत्कृष्ट मूल्याङ्कनका साथ सोही दिन तत्कालै भुक्तानी दिइने व्यवस्था लामा ज्वेलर्सले गरेको छ। विशेषगरी घर खरिद गर्ने योजनामा रहेका व्यक्तिहरूका लागि सुन बेचेर बैंक खातामार्फत रकम प्राप्त गर्दा सोलिसिटर र बैंकलाई मोर्गेजका लागि स्रोत खुलाउन निकै सहज हुने लामाले बताए। गरगहना कारोबारसँगै लामा ज्वेलर्सबाटै नेपाल पैसा पठाउने मनी ट्रान्सफर सुविधा समेत उपलब्ध रहेको उनले जानकारी दिए।

