बेलायत । घान्द्रुक समाज युकेको सत्रौं वार्षिक समर भेटघाट १ अगस्ट २०२६ शनिबारको दिन भब्य रुपमा सम्पन्न भएको छ । बेलायतको ब्यस्त शहर अल्डरशटको एम्पाएर हलमा सम्पन्न भएको हो ।
कार्यक्रमको शुभारम्भ बिधिबत रुपमा आसन ग्रहण गराएपछि समाजको अध्यक्ष देब बहादुर गुरुङ र संस्थापक अध्यक्ष रिटायर्ड मेजर उदय बहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरेर गरेका थिए । त्यस लगत्तै दिबंगत आत्माहरुको चीर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरे, नेपाल र बेलायतको राष्ट्रिय गीतको मधुर धून संगै कार्यक्रमले गति लिएका थिए । त्यस लगत्तै घान्द्रुकमा अति नै शक्तिको रुपमा मानिने मेश्रम बराहको पच्यु गुरु बुद्धि गुरुङले पूजा गरेर प्रसाद ग्रहण गरे पछि अरु कार्यक्रमहरु अगाडी बढाएका थिए ।
पहिलो कार्यक्रमका रुपमा सम्मान कार्यक्रमलाई जोडिएको थियो । यस पटकको आमन्त्रित अतिथिहरुमा घान्द्रुकको मेश्रम बराह माबिमा २०३४ साल देखि २०४७ सम्म प्रधानाध्यापकको रुपमा सेवा गरि हाल रिटायर्ड जीबन बिताई रहेका र हाल भूपू बिद्यार्थीहरुको निमंत्रनामा बेलायत आएका पूर्बशिक्षक तोयानाथ पौडेल, तमु धीं को प्रतिनिधिको रुपमा उपस्थित उपाध्यक्ष कमल गुरुङ, तमु प्ये ल्हु संघ युकेको अध्यक्ष रिटायर्ड क्या. डेम बहादुर गुरुङ दम्पति, तमु समाज युकेको प्रतिनिधीको रुपमा उपस्थित तमु समाज युकेको संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, गोर्खा मिडियाको प्रबन्ध निर्देशक मिलन तमु, तमु धीं युकेको पूर्व अध्यक्ष, गैर आवासीय नेपाली संघ युकेको निबर्तमान अध्यक्ष घान्द्रुक समाज युकेको आजीवन सदस्य हितकाजी गुरुङ, "सैंरबय म्रु" चलचित्र प्रदर्शनको क्रममा हाल बेलायतमा आएका लामा अमृत फाउन्डेशनको अध्यक्ष लामा अमृतलगायत थिए ।
कार्यक्रमको प्रमुख अतिथि तोयानाथ पौडेललाई दोसल्ला, खादा फूल, प्रमाण पत्र र उनको धर्मपत्नी गोमा पौडेललाई खादा फूल र पछ्यौराले सम्मान गरिएको थियो भने अन्य आमन्त्रित अतिथिहरुमा पुरुषलाई घान्द्रुकको मायाको चिनो स्वरुप भाङ्ग्रा, खादा र फूलले सम्मान गरेका थिए भने महिलालाई सल, खादा र फूलले सम्मान गरिएको थियो । सम्मान कै क्रममा प्रमुख अतिथी तोयानाथ पौडेलद्वारा लिखत "१४ वर्ष घान्द्रुक" नामक पुस्तकको आफ्नै हातले आवरण खोलेर सामान्य बिमोचन गराएका थिए । आफ्नो गुरु तोयानाथ पौडेलको र उक्त पुस्तकको बारेमा त्यस बिद्यालयक पूर्व बिद्यार्थी, घान्द्रुक समाज युकेका निबर्तमान अध्यक्ष तथा उक्त पुस्तक सम्पादन तथा ब्यबथापन मण्डलका संयोजक नारायण सिंह गुरुङले प्रकाश पार्दै सहजीकरण गरेका थिए । पुस्तक बिमोचन र दोसल्ला ओढाएर सम्मान गरेपछि सबै भुपू बिद्यार्थीहरुको माझमा फोटो खिचाए त्यसपछि अन्य उपस्थित अतिथिसँग फोटो खिचाएका थिए |
सम्मानको कार्यक्रमहरु विभिन्न विधाहरुमा बर्गीकरण गरेर गरेका थिए । पहिले आमन्त्रित अतिथीहरुलाई सम्मान गरे भने त्यसपछि समाजका विभिन्न क्षेत्रमा मान प्रतिष्ठा कमाउन सफल व्यक्तित्वहरु जसलाई समाजले सम्मान गर्दा समाजलाई आर्थिक सहयोग गरेकोमा उनीहरुलाई सम्मान गरिएको थियो यस विधामा लेफ्टिनेन्ट कर्नेल राजेश गुरुङ, हरिमानको छोरी स्वस्तिका गुरुङ र पूर्व तमु धीं अध्यक्ष हितकाजी गुरुङ दम्पति थिए | त्यस्तै गरि Army Career मा कृष्ण गुरुङ मेजर पदमा पदोन्नति भाको र क्याप्टेन पदमा पदोन्नति हुन सफल भएका व्यक्तित्वहरुमा गोर्खा सिंग्नल्समा काम गरिरहेका गौतम गुरुङ र सन्तोष गुरुङलाइ सम्मान गरिएको थियो । त्यस्तै गरि अर्को विधामा गत मे महिनाको स्थानीय निर्वाचनमा रेडिंङ्ग निवासी घान्द्रुके चेली निर्वाचनमा विजय भई काउन्सिलर बन्न सफल भएकोमा प्रतिक्षा दम्पति र पेरिश काउन्सिलर बन्न सफल स्वीन्डन निवासी ज्ञान प्रसाद गुरुङ र डाक्टर बन्न सफल मेजर प्रेम थापाको छोरी डा. कृति थापा गुरुङ आदि सम्मानित भएका थिए | त्यस पश्चात उच्च शिक्षा हासिल गर्न सफल शिब कुमार छोरीद्वय सिम्रन घोताने गुरुङले Chemistry बिषयमा मास्टर्स डिग्री गरेको, श्यारण घोताने गुरुङले Finance बिषयमा मास्टर्स डिग्री गरेकोमा र क्या. बखतको छोरी डा. जीबन कला गुरुङले Social Work बिषय विद्यावारिधि (PhD) गर्न सफल भएकोमा सम्मान गरिएको थियो । त्यस्तै गरि अर्को विधामा यस वर्ष आजीवन सदस्यता लिएका सदस्यहरुलाई सम्मान गरिएका थिए | यस वर्ष आजीवन सदस्य लिई सम्मानित भएका व्यक्तित्वहरुमा हिउँ बहादुर गुरुङको दम्पति, हिमाल बहादुर गुरुङको दम्पति, नरकाजी गुरुङको दम्पति, अभिषेख गुरुङ र भाई कुमारी गुरुङलगायत थिए ।
त्यस्तै गरि यस वर्ष बिबाह बन्धनमा बाँधिएका समाजका ५ जना सदस्यहरुलाई आमा समुहले सम्मान गरेका थिए | सम्मानित हुने सदस्यहरुमा उपाध्यक्ष राज कुमारको छोराबुहारी, मन प्रसाद गुरुङको छोरा बिमल गुरुङ र बुहारी, जगन गुरुङको छोरा रुपेश गुरुङ र बुहारी, पदम गुरुङको दुई जना छोराहरु उत्तम गुरुङ र उनका भाई भक्तम गुरुङ र बुहारीहरूलाई सम्मान गरिएको थियो ।
यस प्रकार सम्मान कार्यक्रम सके लगत्तै औपचारिक कार्यक्रमको समापन गर्दै आमा समुहको तर्फबाट आमा समुह अध्यक्ष हिरा देबी गुरुङ र समाजको तर्फबाट अध्यक्ष देब बहादुर गुरुङले धन्यबाद मन्तव्यको साथमा कार्यक्रम समापन गरेका थिए ।
औपचारिक कार्यक्रमको समापन लगत्तै घान्द्रुक समाजले २०१३ साल देखि लगातार रुपमा गर्दै आएको परम्परालाई निरन्तरता दिंदै तमु भाषा प्रतियोगिता संचालन गरेका थिए । यस बर्षको प्रतियोगितामा प्रिसा दर्शनी गुरुङ प्रथम हुन सफल भएर रनिङ्ग शिल्ड र अन्य नगद पुरस्कार हात पार्न सफल भयो भने प्रेराज गुरुङ दोश्रो, युबरानी गुरुङ तेश्रो र आकांक्षा गुरुङ क्रमश चौथो हुन सफल भयो र प्रमाण पत्र र अन्य नगद पुरस्कारहरु हात पार्न सफल भयो । सानो नानीहरुलाई मात्र होइन फ्लोरलाई समेत प्रश्नहरु सोधेर सहि उत्तर दिन सफल व्याक्तिहरुलाई पनि नगद पुरस्कारको ब्यबस्ता गरि कार्यक्रम ज्ञानबर्द्दक मात्र होइन थप मनोरंजनपूर्ण समेत भएको थियो । मुल्यांकनको भूमिकामा देब सिंह गुरुङ, शर्मिला गुरुङ र फुलमाया गुरुङ रहेका थिए भने कार्यक्रम सन्चालन तमु भाषाविद अमर प्रसाद गुरुङ र नारायण सिंह गुरुङले गरेका थिए ।
अन्त्यमा आधा तोला सुनको आकर्षक पुरस्कार सहितको राफल ड्र कार्यक्रम संचालन गरेर थप मनोरञ्जन बनाएको थियो । आधा तोला सुनको पुरस्कार राजन गुरुङले हात पार्न सफल भयो र दोश्रो पुरस्कार नगद ज्वेलर्सले प्रायोजन गरेको थियो । दोश्रो पुरस्कार ज्ञान राज गुरुङले हात पार्न सफल भयो । राफल ड्र कार्यक्रमको संयोजन र संचालन राज कुमार गुरुङ र पुनम गुरुङले गरेका थिए ।
औपचारिक कार्यक्रमहरु रमाईलो बनाउनका लागि कार्यक्रमको बिच बिचमा गीत, नृत्य र मुक्तकको प्रस्तुत गरिएको थियो | यस पटक बाहिरबाट कुनै कलाकार नल्याई गाउँको आफ्नै स्थानीय कलाकारहरुले मनोरञ्जन दिलाएका थिए | कलाकारमा गायनतर्फ प्ये म्हास्याँ छ्या म्हमु गीत बजारमा ल्याएका गायक नातिकाजी गुरुङ र बुद्धि गुरुङ थिए भने मुक्तक डमर बहादुर गुरुङ र नृत्य तर्फ अन्जनी दर्शनी गुरुङ, प्रिसा दर्शनी गुरुङ, दिप्ती गुरुङ, क्रिश्मा गुरुङ, पुनम गुरुङ, रोशनी गुरुङ, सचिना गुरुङ, आरती गुरुङ, सीता गुरुङ, अनिता गुरुङ, अकंग्क्षा, सिजोय, प्रेराजलगायत थिए । मनोरञ्जनको लागि संस्कृतिक कार्यक्रम संयोजन राम गुरुङ र पुनम गुरुङले गरेका थिए | विविध कार्यक्रमसहित बेलुका ८ बजे सम्पूर्ण कार्यक्रम समापन भएको थियो ।



