अल्डरसट । बेलायतको अल्डरसटस्थित उलिङटन स्ट्रिटमा नवीन एन्ड नवीन ज्वेलर्स सञ्चालनमा आएको छ ।
ज्वेलर्सको शुक्रबार रस्मूर बरो काउन्सिलका उपमेयर जिप बेल्बासीले रिबन काटेर उद्घाटन गरे । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका उनले नयाँ व्यवसाय सञ्चालनमा आउनु स्वागतयोग्य भएको बताए । व्यवसायको प्रवर्द्धनमा आवश्यक सहयोग गर्न काउन्सिल तयार रहेको उनको भनाइ थियो ।

उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा काउन्सिलर धन सार्की, तमु धीं यूकेका उपाध्यक्ष एवं व्यवसायी कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव बिमल गुरुङ, व्यवसायी दिलराज गुरुङ, राजेन्द्र गुरुङ, लेफ्टिनेन्ट कर्णेल बिल, डेबिट आर्मिटेज, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, कोजी घर इन्टेरियरकी डिजाइनर सरिना गुरुङ तथा शुभेच्छुकहरूको उपस्थिति थियो ।
प्रमुख अतिथि बेल्बासी, कमल गुरुङ, दिलराज गुरुङ तथा बिलले ज्वेलर्सका सञ्चालकहरूलाई फूलको गुच्छा र खादा लगाएर सम्मान गर्दै शुभकामना दिएका थिए ।
ज्वेलर्सका प्रोप्राइटर नवीन एन्डल नवीन, साइमन र मिना रहेका छन् । प्राोप्राइटर साइमनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै निरन्तर विश्वास र साथको अपेक्षा गरे ।