काठमाडौं । तमु (गुरुङ) कलाकार संघ केन्द्रीय समितिले गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमु र इन्द्रजित गुरुङ दम्पति स्वागत तथा सम्मान गरेको छ ।
तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को कार्यालयमा २०८३ वैशाख १९ गते शनिबारका दिन आयोजित कार्यक्रममा उनीहरुलाई फेटा, भांग्रा, पछ्यौरी, खादा लगाएर भव्य सम्मान गरिएको थियो । तमु (गुरुङ) कलाकार संघका केन्द्रीय अध्यक्ष सागर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य तथा कलाकार बिरबल घलेले गरेका थिए ।
तमु (गुरुङ) कलाकार संघले गीतसंगीतलाई माया गर्ने विदेशमा रहेको तमु संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप शनिबारको सम्मान कार्यक्रम राखिएको अध्यक्ष सागर गुरुङले बताए ।
कार्यक्रममा तमु (गुरुङ) कलाकार संघका निवर्तमान अध्यक्ष शर्मिला गुरुङ, अध्यक्ष सागर गुरुङ, उपाध्यक्ष विष्णुमाया गुरुङ, सुस्मिता लामिछाने, सुनिता थापामगर, सिता गुरुङ, विक्रम गुरुङ, संगिता गुरुङ, संगम गुरुङलगायत गायक गायिकाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सम्मानित गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमु र इन्द्रजित गुरुङ दम्पतिले तमु (गुरुङ) कलाकार संघलाई आर्थिक सहयोग पनि गरेका थियो ।
सोही कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेको टोलीलाई पनि तमु (गुरुङ) कलाकार संघले स्वागत र सम्मान गरेको थियो । क्व्होंलासोथार भ्रमणमा आएका तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. डेम बहादुर गुरुङ सचिव भेगलाल गुरुङ प्रमुख सल्लाहाकार जगत गुरुङ, सुरक्षा संयोजक सोम बहादुर गुरुङ, प्रथम महिला चन्द्रसुब्बा गुरुङ संस्थापक अध्यक्ष पार्वती गुरुङ सदस्य याम कुमारी गुरुङलाई सम्मान गरिएको हो ।



