पोखरा । गायिका सर्मिला गुरुङको प्रस्तुतिमा नयाँ सांगीतिक भिडियो ‘केटाहरुलाई यस्तैखाले मन पर्ने रैछ’ शुक्रबार शर्मिला गुरुङ (सरु) युट्यूबबाट सार्वजनिक भएको छ ।
काठमाडौं अनामनगरमा प्रमुख अतिथि गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमु र राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले संयुक्त रुपमा प्ले बटन क्लिक गरी उक्त गीत सार्वजनिक गरेका हुन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगमले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय गानमा सबै सहभागी भएपछि गीत सार्वजनिक गरी शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमु, विशेष अतिथि तमु कलाकार संघका केन्द्रीय अध्यक्ष सागर गुरुङ, गायक खेम सेञ्चुरी, गायिक शर्मिला गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए । भने, कार्यक्रमको अन्त्यमा कार्यक्रमको अध्यक्षता गरेका राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरेका थिए । यो गीत लिएर गायिका शर्मिला गुरुङ छिट्टै यूके जादैछिन् ।
गीतमा पछिल्लो समयका चर्चित गायक खेम सेन्चुरी र गायिका सर्मिला गुरुङले स्वर दिएका छन् । लोक लयमा आधारित यस गीतको शब्द रचना बिक्रमबाबु विश्वकर्माले गरेका हुन् भने संगीत स्वयम् गायक खेम सेन्चुरीले नै तयार पारेका हुन् ।
गीतको भिडियोमा प्रभात पाल ठकुरी र सन्जना गुरुङको मुख्य अभिनय देख्न सकिन्छ । शर्मिला गुरुङको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक हुन लागेको यस भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । पवन सुस्लिङको छायांकन र अमृत चापागाईँको सम्पादन रहेको भिडियोलाई निकै आकर्षक बनाउन खोजिएको निर्माण पक्षले बताएको छ ।
भिडियोको अन्य प्राविधिक पक्षतर्फ एचबीएन किस्मतले संगीत संयोजन गरेका छन् भने राज खड्काले रेकर्डिङको जिम्मा सम्हालेका छन् । जटा शंकरको आर्ट, सुवासको मेकअप र मिलन कटवालको निर्माण व्यवस्थापन रहेको छ ।





