पोखरा । बेलायत (यूके) बाट सञ्चालित गोर्खा मिडियाले मिर्गौलापीडित कलाकार सुरज गुरुङको उपचारका लागि १ लाख १० हजार रुपैयाँ सहयोग गरेको छ ।
प्रतिभाशाली युवा कलाकार सुरज गुरुङको उपचारका लागि गोर्खा मिडियाको तर्फबाट उक्त रकम सहयोग गरिएको हो । बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरी गोर्खा मिडियाका प्रवन्ध निर्देशक एवं फोटो पत्रकार मिलन तमुले ‘सुरज गुरुङ बचाउ अभियान’ का संयोजक राजबहादुर गुरुङलाई रकम हस्तान्तर गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष तथा गोर्खा मिडियाका प्रधान सम्पादक हुमबहादुर तमु, गोर्खा मिडियाका संवाददाता पत्रकार जुना गुरुङ, सुमन गुरुङ र तरेली सांस्कृतिक परिवारका कार्यसमिति सदस्य तथा नृत्य निर्देशक साजन गुरुङको सहभागिता रहेको थियो ।

गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमुको समन्वयमा यूकेमा रहेका सहयोगी मनहरुले उक्त रकम सहयोग गरेका थिए । सामाजिक सञ्जालमार्फत नेपालमा ‘सुरज गुरुङ बचाउ अभियान’ चलेको साजन गुरुङमार्फत थाहा पाएपछि आफूले पनि साथ दिएको गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमुले बताए ।

सहयोग रकम लिएपछि ‘सुरज गुरुङ बचाउ अभियान’ का संयोजक राजबहादुर गुरुङले सहयोगदाताहरुलाई धन्यवाद दिए । अहिलेसम्म ‘सुरज गुरुङ बचाउ अभियान’ को खातामा २६ लाख ६८ हजार जम्मा भएपनि मिर्गौैैला प्रत्यारोपणका लागि उक्त रकम नपुग्ने भएकाले उनले सहयोगका लागि अपिल गरेका थिए ।
पत्रकार जुना थापाले सञ्चालन गरेको कार्यक्रमको अन्त्यमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा वरिष्ठ फोटो पत्रकार मिलन तमुले सबैलाई धन्यवाद दिएका थिए ।
सुरज गुरुङ बचाउ अभियान सहयोगीदाताहरूको नामावली
१. गोरखा मिडिया
२. पर्शु र नन्दा गुरुङ (वरिष्ठ उपाध्यक्ष, तमु धीं यूके)
३. प्रेम विक र कमला विक (प्रोप्राटर, दीप ज्वेलर्स)
४. शान्तकुमार गुरुङ (सल्लाहकार, तमु धीं यूके)
५. शान्ता गुरुङ (आमा समूहको महासचिव, तमु धीं यूके)
६. गोलमान गुरुङ (अध्यक्ष, गुरुङ सोसाइटी केन्ट यूके)
७. जुमकाजी र कमला गुरुङ (अध्यक्ष, तमु धीं यूके र अध्यक्ष, आमा समूह)
८. एकेन्द्र गुरुङ (ट्रष्टी, तमु धीं यूके र सल्लाहकार, गोरखा मिडिया)
९. चन्द्रमान देवी गुरुङ (पूर्व अध्यक्ष, सोपाल समाज यूके)
१०. लिला सेलिङ माबो (अध्यक्ष, जिआरएनसी, ग्रेटर रसमोर नेप्लिज कम्युनिटी)
११. प्रेम बुढा (सह–कोषाध्यक्ष, बिजिडब्लुएस)
१२. रामराज मल्ल (पूर्व अध्यक्ष, ठकुरी समाज यूके)
१३. मीनप्रसाद गुरुङ (फाउण्डर अध्यक्ष, तमु धीं यूके)
१४. पीताम्बर गुरुङ (ट्रष्टी, तमु प्ये ल्हु संघ यूके)
१५. सोम तमु (पूर्व अध्यक्ष तथा सल्लाहकार, तमु प्ये ल्हु संघ यूके)
१६. सूर्य गुरुङ (पूर्व अध्यक्ष, एनआरएनए यूके तथा ट्रष्टी, तमु धीं यूके)
१७. टकमाया गुरुङ (अध्यक्ष, गोरखा जिल्ला समाज यूके)
१८. दिनेश गुरुङ (फाउण्डर अध्यक्ष, डिएमटी बैंक)
१९. भेकलाल गुरुङ (महासचिव, तमु प्ये ल्हु संघ यूके)
२०. सन्तबहादुर गुरुङ (अध्यक्ष, तनहुँ समाज यूके)
२१. रामचन्द्र गुरुङ (पूर्वअध्यक्ष, तमु धीं यूके, अध्यक्ष, लम तमु समाज यूके)