लण्डन । गुल्मी जिल्ला समाज यूकेको नयाँ नेतृत्वका लागि मञ्जु भण्डारी खरेल अध्यक्ष पदमा निर्वाचित भएकी छन् ।
आगामी कार्यकालका लागि अध्यक्षका अन्य आकांक्षीहरू मुकुन्द खरेल र क्याप्टेन ताम ढेंगाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि भण्डारी निर्विरोध निर्वाचित भएकी हुन्। यसअघि कार्यसमिति सदस्य, सांस्कृतिक सचिव, प्रवक्ता र सचिवको अनुभव बटुलिसकेकी उनले दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेकी छन्।
समाजको अन्य मुख्य पदहरूमा पनि सर्वसम्मत चयन भएको निर्वाचन कमिस्नर मीन दर्लामीले बताए। उनका अनुसार उपाध्यक्ष पदमा क्याप्टेन ताम ढेंगा र डा. विष्णु घिमिरे चयन भएका छन् भने महासचिवमा महलाल घिमिरे, सचिवमा राधा खरेल, कोषाध्यक्षमा अर्जुन बस्नेत र सह-कोषाध्यक्षमा माया केसी निर्विरोध निर्वाचित भएका छन्।
२१ सदस्यीय कार्यसमितिको सांस्कृतिक सचिवको जिम्मेवारी दीपक थापा मैथानेले पाएका छन् भने प्रवक्तामा सुरेश केसी चयन भएका छन्। यस्तै, सदस्यहरूमा मेजर बुद्धि भण्डारी, सूर्यविक्रम केसी, वासुदेव पोखरेल, लक्ष्मण पौडेल, रामप्रसाद पन्थी, पुण्यहरि अर्याल, हीरा सापकोटा, हरिप्रसाद अर्याल, वसन्त खनाल, विश्वप्रताप सिंह, सुधिर गौतम र गीता काफ्ले निर्विरोध चुनिएको दर्लामीले बताए। यसरी निर्वाचित नयाँ कार्यसमितिको औपचारिक घोषणा भने आगामी मे ३ तारिखमा हुने अधिवेशनमा गरिनेछ।