पोखरा । क्होला सोँप्रे ट्हो (क्व्होलासोँथर) पुगेर फर्केको तमु प्ये ल्हु संघ, यूकेको टोलीलाई सिक्लेसमा भव्य स्वागत गरिएको छ ।
क्व्होलासोँथरबाट बिहीबार साँझ सिक्लेल पुगेको टोलीलाई चिउली क्वाईंबोका अध्यक्ष बलबहादुर गुरुङसहित क्वोईंबोका कार्यसमिति र सिक्लेसको आमा तथा बाबा समूहले फूलमाला, टिका र रिपा लगाएर स्वागत गरेका थिए । स्वागतपछि जलपान र खानपान पनि गरिएको थियो ।
सिक्लेसमा आयोजना गरिएको कार्यक्रममा तमु प्ये ल्हु संघ, यूकेले तमु जातिको पच्युको प्येलाई १० वर्षको अध्ययन एवं अनुसन्धानबाट मिति २०८१ माघ ११ गते त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागबाट Oral Text (Pye), Soul Journey (pai) & Ancestors-Nature Worship among the Gurung of Sikles, Kaski, Nepal शिर्षकमा विद्यावारिधी (PH.D.) गरेका डा.पोलबहादुर गुरुङलाई सम्मान पनि गरिएको थियो । उनलाई तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङल क्रेगी, फूलको माला र सम्मान पत्रले सम्मान गरेका थिए । उनलाई द्वितिय उपाध्यक्ष अमर गुरुङको दम्पति, प्रमुख सल्लाहकार जगत गुरुङको दम्पतिले नगदसहित क्रेगी लगाएर सम्मान गरेका थिए । डा. गुरुङलाई बेदबहादुर गुरुङले पनि सम्मान गरेका थिए ।
यसैगरी बुद्धि गुरुङको दम्पति र सल्लाहकार चन्द्र गुरुङको दम्पतिले पनि फेटा र नगदले सम्मान गरेका थिए । तमु प्ये ल्हु संघ, यूकेको ट्रस्टी पिताम्बर गुरुङले डा. डा.पोलबहादुर गुरुङले आफूले विद्यावारिधी गरेको प्येलाई प्रवद्र्धन गरोस भनेर नगद १ लाख रुपैयाँले सम्मान गरेका थिए ।
सम्मानपछि डा.पोलबहादुर गुरुङले सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताए । आफूले सम्मान स्वरुप पाएको सहयोगलाई सही ठाउँमा सदुपयोग गर्ने प्रतिवद्धता जनाउँदै सम्मान गरेकोमा तमु प्ये ल्हु संघ यूकेको टोलीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा चिउली क्वाईंबोका अध्यक्ष बलबहादुर गुरुङलाई पनि तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङले क्रेगी लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा आमा समूहले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।















उक्त कार्यक्रममा तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङले स्वागत मन्तव्य र धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव भेगलाल गुरुङले गरेका थिए ।