पोखरा । तमु प्ये ल्हु संघ यूकेको २०८३ वैशाख ५ गते शनिबार पोखरामा सम्मान तथा डिनर साँझ सम्पन्न भएको छ । पोखरा बुद्धचोकस्थित रोयल दिदीबिहिनी रेस्टुरेन्टको हलमा भएको कार्यक्रममा विभिन्न संस्था तथा व्याक्तिहरुलाई सम्मान गरिएको थियो ।
तमु (गुरुङ) जातिहरूको आदीम पुख्र्यौली तथा ऐतिहासिक थलो क्व्होलासोंथरको अध्ययन तथा अवलोकनका लागि नेपाल आएको टोलीको सहभागितामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा तमु प्ये ल्हु संघको गतिविधीमा सहयोग गर्ने संस्था र व्याक्तिहरुलाई सम्मान गरिएको तमु प्ये ल्हु संघ यूकका अध्यक्ष क्या. डेमबहादुर गुरुङले जानकारी दिए ।
कार्यक्रममा तमु प्ये ल्हु संघ जिल्ला महिला समिति कास्की, ब्रिटिस गोर्खा ओभरसिज सर्भिस प्रा.लि, तमु प्ये ल्हु संघ जिल्ला समिति कास्की, तमु प्ये ल्हु संघ हङकङ, तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति, तमु प्ये ल्हु संघ केन्द्रीय महिला समिति र तमु प्ये ल्हु संघ केन्द्रीय समितिलाई सम्मान पत्रले सम्मान गरिएको सचिव भेगलाल गुरुङले जानकारी दिए ।
यसैगरी तमु प्ये ल्हु संघको संस्थागत विकासमा सहयोग पुर्याउने पूर्वअध्यक्ष, पदाधिकारीहरुलाइ मानार्थ अवार्ड प्रदान गरिएको थियो । तमु प्ये ल्हु संघ यूकेले हरेक वर्षमा प्रज्ज्वल रथी अवार्ड प्रदान गर्छ । सोही अनुसारकै मानार्थ अवार्ड प्रदान गरिएको सचिव भेगलाल गुरुङले जानकारी दिए ।
कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिका पूर्वअध्यक्ष सुकबहादुर गुरुङ, र तमु प्ये ल्हु संघका पूर्व केन्द्रीय अध्यक्ष ले. इन्द्रबहादुर गुरुङ, र तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिका पूर्वअध्यक्ष पुष्पा गुरुङ र र तमु प्ये ल्हु संघका पूर्व अध्यक्ष क्या. रुपबहादुर गुरुङलाई मानार्थ अवार्ड प्रदान गरिएको थियो ।
तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष ओमबहादुर गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष डेमबहादुर गुरुङ र तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वल गरी उद्घाटन गरिएको कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेका द्वितिय उपाध्यक्ष अमर गुरुङले स्वागत भाषण गरेका थिए ।
सचिव भेगलाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिले साँस्कृति प्रस्तुति राखेका थिए । भने, औपचारिक कार्यक्रम सकिएपछि रात्रीभोजको आयोजना गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष डेमबहादुर गुरुङले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै आइतबारदेखि सुरु हुने क्व्होलासोंथरको अध्ययन तथा अवलोकन कार्यक्रमका बारेमा पनि जानकारी गराएका थिए ।







