पोखरा । पोखरा ९, वसपार्क शिवटोलमा रहेको सहारा बाल आधारभूत विद्यालयमा नव बर्ष २०८३ को अवसरमा शुभकामना आदनप्रदान तथा अभिभावक अन्तरक्रिया कार्यक्रम गरेको छ । सोहि अवरमा नेस्ट पोखराले विद्यालयमा अध्ययनरत करिव १०० भन्दा बढि विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग र तिनका अभिभावकलाई निःशुल्क जीविकोपार्जन सम्वन्धि तालिम प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरेको छ ।
कार्यक्रममा नेस्ट नेपालका सचिव कुम बहादुर गुरुङले नेष्ट नेपालको परिचय दिदै यस संस्थाले विशेष गरि विपन्न आर्थिक अवस्थाका व्यक्तिहरुलाई स्वबलम्वन सम्वन्धि तालिम प्रदान गरि आत्मनिर्भर क्षमताको विकास गर्ने गरि कार्यक्रमहरु सञ्चालन गरिरहेको वताए । नेष्ट पोखराका वोर्ड सदस्य डा. पदमराज श्रेष्ठले यो कार्यक्रम पाइलोटिङ फेजको रहेको र बिशेष गरि सहारा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको कक्षा छोड्ने दर रोक्नका लागि अभिभावकलाई स्वरोजगारमूलक कार्यक्रमहरु सञ्चालन गरि जीवनस्तर उकास्न संस्थाले लक्ष्य लिएको वताउदै संस्थाको दातृ निकाय जर्मन सरकारलाई धन्यवाद व्यक्त गरे ।
विद्यालयका शिक्षक, अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी, छिमेकि टोलविकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, नेष्ट पोखराका पदाधिकारीहरु, सहारा क्लब पोखरामा पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रमा एन.आर. एन् युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, विद्यालयका सल्लाहाकार तथा सहारा क्लब पोखराका वरिष्ट उपाध्यक्ष पूर्ण बहादुर गुरुङ, चिल्ड्रेन नेपालका कार्यक्रम अधिकृत रमेश सुवेदी, कृष्णटोल आमा समूहकी अध्यक्ष रुपा के.सी., सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापा र जनप्रतिनिधी नन्दराम गिरिले शुभकामना मन्तन्य व्यक्त गरेका थिए ।
कार्यक्रमको समापनका क्रममा विद्यालयका अध्यक्ष विक्रम थकालीले जीविकोपार्जन सम्वन्धि कार्यक्रम विद्यालयसम्म ल्याउन पहल गर्ने वडा -९,कार्यालय र विशेष गरि वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीलाई धन्यवाद व्यक्त गर्दै म वनाउछु मेरो वडा भन्ने नारामा यो कार्यक्रमले एक ईँटा थप्ने विश्वास लिए । सोहि क्रममा अभिभावकलाई पनि तालिम प्राप्त गरि सहि ढंगले सिपलाई अबलम्वन गर्दै जीवनस्तर परिवर्तन भएको देख्न पाउनेमा आशावादी रहेको धारणा राख्दै सम्पूर्णलाई नव वर्ष २०८३को शुभकामना व्यक्त गरे ।
पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख अतिथ्य रहेको कार्यक्रम विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेका थिए भने प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तब्य राखेकी थिइन् ।

