पोखरा । इन्टेक १९८१/१ को ४५औँ वार्षिकोत्सव पोखरामा सम्पन्न भएको छ । होटल ग्रान्डी पोखरामा भव्य समारोहबीच वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा बेलायतबाट आएका तथा नेपालका विभिन्न स्थानबाट आएका १७५ जना नम्बरी र उनीहरूका परिवारको उपस्थिति रहेको थियो । सबै जना उत्साह र उमंगसाथ रमाएका थिए । कतिपय वर्षौंदेखि छुट्टिएकाहरूको पुनर्मिलन भएको थियो ।
कार्यक्रम दुई फेजमा भएको थियो । पहिलो फेजमा डुंगा रेस्टुरेन्ट लेकसाइडमा welcome dinner भएको थियो । त्यसपछि गोर्खा म्युजियम, दीपमा सबै जना निलो टिसर्ट लगाएर भेला भई अवलोकन गरेका थिए । सो क्रममा नम्बरीहरूले म्युजियमलाई १ लाख ८१ हजार रुपैयाँ प्रदान गरेका थिए ।
उक्त इन्टेकका नम्बरीहरूले गत वर्ष पनि म्युजियमलाई १ लाख रुपैयाँ दिएका थिए । म्युजियमका चियरम्यान क्याप्टेन कर्णबहादुर थापाले टोलीलाई हार्दिकता प्रकट गर्दै खादाले स्वागत गरेका थिए । सोही अवसरमा १० जना नम्बरीहरूले पनि स्वेच्छाले थप सहयोग गरे ।

त्यसपछि ब्रिटिस क्याम्प गरेका थिए । सो क्रममा नम्बरीहरूले आफूहरू बसेको तथा खेलेको स्थान हेर्दै पुराना दिनको स्मरण गरेका थिए । त्यसपछि सराङकोट स्थित Hotel Himalayan Front मा ब्रेकफास्ट खाएर टोलीले पुम्दीकोट महादेव दर्शन गर्न गएका थिए ।
बेलुका होटल ग्रान्डमा पञ्चेबाजाले गरिएको थियो । हिमालयन सांस्कृतिक केन्द्रका कलाकारको प्रस्तुति, नम्बरीहरूले गायन तथा सामूहिक नृत्यले माहोल रमाइलो बनाएको थियो ।
कार्यक्रम सफल बनाउन नम्बरीका पूर्वअध्यक्ष क्याप्टेन थमन गुरुङ, शेरु लिम्बु, जयप्रकाश गुरुङ, वर्तमान अध्यक्ष तेज पुन, ठाकुर गुरुङलगायत खटिएका थिए ।