पोखरा । तनहुँको एक प्यारालाइसिस पीडित परिवारलाई गोर्खा मिडियाको अगुवाइमा संकलित १ लाख ४० हजार रुपैयाँ प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपालिका–१२, ढोर जसपुरका अकलबहादुर गुरुङको परिवारलाई उक्त रकम प्रदान गरिएको हो ।
बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार मिलन तमुले अकलकी छोरी पवित्रालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । तमुको समन्वयमा यूकेमा रहेका सहयोगी मनहरूबाट उक्त रकम संकलन गरिएको थियो ।

लामो समयदेखि प्यारालाइसिसबाट थला परेका अकलबहादुर गुरुङ, उनकी श्रीमती खिमकुमारी र छोरा ध्रुव गुरुङको अवस्था दयनीय छ । आर्थिक अभावका कारण अकलको परिवारले उपचार र खानपानमासमेत समस्या भोगिरहेकाले सहयोग अभियान चलाइएको तमुले बताए ।
अभियानको विवरण र पारदर्शिताका लागि भिडियो सामग्री पनि सार्वजनिक गरिएको थियो । प्रबन्ध निर्देशक तथा वरिष्ठ फोटो पत्रकार तमुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि तमु धीं नेपालका अध्यक्ष तथा गोर्खा मिडियाका प्रधान सम्पादक हुमबहादुर तमु रहेका थिए । कार्यक्रम सञ्चालन पत्रकार जुना थापाले गरेकी थिइन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का पूर्वअध्यक्ष डण्ड गुरुङ, शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजङ गुरुङ, महासचिव राजेश गुरुङ, सहसचिव बिनु गुरुङ र कोषाध्यक्ष याम बहादुर गुरुङ, समाजसेवी राजन ढकाल, पत्रकार धनबहादुर गुरुङ ‘सुमन’, फोटो पत्रकार स्वेत श्रेष्ठलगायतको उपस्थिति थियो ।
अभियानमा सहयोग गर्ने दाताहरू:
१. गोर्खा मिडिया परिवार
२. एकेन्द्र गुरुङ (सल्लाहकार, गोर्खा मिडिया)
३. रामराज मल्ल (पूर्व अध्यक्ष, ठकुरी समाज यूके)
४. दिनेश गुरुङ (संस्थापक, डीएमटी ब्यान्ड)
५. गोलमान गुरुङ (अध्यक्ष, गुरुङ सोसाइटी केन्ट, यूके)
६. शान्ता गुरुङ (महासचिव, तमु धि यूके आमा समूह)
७. सृष्टि तामाङ
८. हर्क गुरुङ (पूर्व अध्यक्ष, बीसीसीयूके)
९. देवकाजी र जयन्ती गुरुङ
१०. सन्देश गुरुङ
११. आयुष्मान गुरुङ
१२. सत्कार गुरुङ
१३. जङ्ग र लालकुमारी गुरुङ
१४. मेजर हितमान गुरुङ
१५. कृष्ण घले
१६. युवन गुरुङ
१७. देवकला र ईश्वर गुरुङ
१८. सोम त्होर्जे तमु
१९. क्याप्टेन रामकाजी गुरुङ
२०. कमला देवी र जुमकाजी गुरुङ (अध्यक्ष, तमु धि यूके)
२१. प्रेम बि.के. (दिप ज्वेलर्स)
२२. ओम्रु क्लोथिङ – रुपा र शान्ता गुरुङ
२३. वर्तमान गुरुङ (अध्यक्ष, याङ्जाकोट समाज यूके)
२४. विश्वास गुरुङ