पोखरा । तमु धीं यूके ह्याम्पसायर एन्ड सर्रे इकाईका अध्यक्ष महेन्द्र गुरुङको अगुवाइमा पोखरा वृद्धाश्रमलाई खाद्यान्न तथा नगद सहयोग हस्तान्तरण गरिएको छ ।
कास्कीको पोखरा महानगरपालिका १७ सीतापाइलामा अवस्थित वृद्धाश्रममा मंगलबार एक कार्यक्रमबीच १ लाख साढे २८ हजार बराबरको सहयोग हस्तान्तरण गरिएको हो । अध्यक्ष महेन्द्र गुरुङले आफूले बेलायतमा चलाएको अभियानबाट संकलित रकमबाट वृद्धाश्रमलाई आवश्यक खाद्यान्न खरिद र बाँकी २२ हजारभन्दा बढी रकम वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीलाई हस्तान्तरण गरे । उनले सहयोगीहरु तमु धीं यूके, तमु धीं यूके आमा समूहलगायत दाताहरुलाई र कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिए ।
सहयोग हस्तान्तरणका क्रममा तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, सहारा यूकेका अध्यक्ष शारदा गुरुङ, पत्नी सन्तोषी गुरुङ, तमु धीं यूकेका सल्लाहकार एवं सहारा यूकेका उपाध्यक्ष क्या पिताम्बर गुरुङ, तमु धीं यूकेका महासचिव डा विशाल गुरुङ, सहारा यूकेका निवर्तमान अध्यक्ष कृष्ण गुरुङ, सहारा एफसीका संस्थापक अध्यक्ष हरि श्रेष्ठ, कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष चन्द्र गुरुङ, एनआरएनए यूकेका पूर्वअध्यक्ष एवं व्यवसायी मुछेत्र गुरुङ, तमु धीं यूके आमा समूहकी पूर्वमहासचिव यशोदा गुरुङ, तमु यूकेकी सल्लाहकार पञ्च गुरुङ, कार्यसमिति भोज गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायतको उपस्थिति थियो ।
कार्यक्रम सञ्चालन तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले गरेका थिए ।



