काठमाडौं । गुरूङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन)को अध्यक्षमा बाबुराम गुरुङ चयन भएका छन् ।
बिहीबार काठमाडौंस्थित तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्मा आयोजित संघको १४ औं वार्षिक साधारणसभा तथा ५औं अधिवेशनबाट बाबुराम को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । प्रथम उपाध्यक्षमा बिन्दु गुरुङ, द्वितीय उपाध्यक्षमा डिलबहादुर गुरुङ, महासचिवमा संजीव गुरुङ, सचिवमा विकास गुरुङ, कोषाध्यक्षमा अम्बिर गुरुङ तथा सह–कोषाध्यक्षमा महावीर गुरुङ निर्वाचित भएका छन्। सदस्यहरूमा धनबहादुर गुरुङ, राजु गुरुङ, हरिबहादुर गुरुङ, सञ्जिब गुरुङ, भिमबहादुर गुरुङ, निर्मल गुरुङ र दुर्गा गुरुङ रहेका छन्।
कार्यक्रममा तीन जनालाई विशेष सम्मान प्रदान गरियो। तीन दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय जिटिनका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङलाई ‘डा. हर्क गुरुङ पुरस्कार’ प्रदान गरिएको थियो। त्यस्तै तीन दशकदेखि पत्रकारितामा क्रियाशील अमृत भादगाउँले र अनिता गुरुङलाई ‘जिटिन पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। पर्यटन पत्रकारितामार्फत गुरुङ समुदायको कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको जनाइएको छ। प्रमुख अतिथिबाट सम्मानपत्रसहित नगद पुरस्कार हस्तान्तरण गरिएको थियो।
पिताम्बर गुरुङको अध्यक्षतामा र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा पर्यटनमा गुरुङ नामक दोस्रो संस्करणको ‘पर्यटनमा गुरुङ’ स्मारिका विमोचन पनि गरिएको थियो । कार्यक्रम प्रमुख अतिथि,अध्यक्षले संयुक्तरूपमा दीप प्रज्ज्वलन गरी समुदघाटन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य जीटीनका अध्यक्ष पिताम्बर गुरुङले राखेका थिए भने कार्यक्रममा शुभकामना मन्तव्य कार्यक्रमका प्रमुख अतिथि जुद्धबहादुर गुरुङ,संस्थापक अध्यक्ष कुलबहादुर, गुरुङ पर्यटन व्यवसायी संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष किसम कुमारी गुरुङ,संस्थापक अध्यक्ष बबरजङ गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा डा.हर्क बहादुर गुरुङ सम्मानबाट गुरुङ पर्यटन व्यवसायी संघ नेपालका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ सम्मानित भएका थिए भने गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बबरजंग गुरुङ,मादी गाउँपालिका अध्यक्ष देवीजङ गुरुङ,मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ,क्व्होंलासोंथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ सार्वजनिक प्रसारण संचालक समितिका सदस्य अनिता गुरुङ, पत्रकार अमृत भादगाउँले,मिस ट्युरिजम गरिमा गुरुङलगायत सम्मानित भएका थिए ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा,तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनमान गुरुङ,गुरुङ पर्यटन व्यवसायी संघ नेपालका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ,पूर्वअध्यक्ष कमला गुरुङ,पूर्वअध्यक्ष अम्बिर गुरुङ, मानवशास्त्री डा.टेकबहादुर गुरुङ,सार्वजनिक प्रसारण संचालक समितिका सदस्य अनिता गुरुङ, गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बबरजंग गुरुङ,गुरुङ पर्यटन व्यवसायी संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङ, ठमेल पर्यटन बोर्डका अध्यक्ष गीत गुरुङ,तमु कलाकार संघ अध्यक्ष नेपालका अध्यक्ष सागर गुरुङ, गुरुङ पर्यटन व्यवसायी संघ नेपालका सचिव दिल गुरुङ,कोषाध्यक्ष अभिनाष गुरुङ, संघ संस्थाका प्रमुख,प्रतिनिधिहरु,पत्रकारहरु, बुद्धिजीवी महानुभवहरु तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम गुरुङ पर्यटन व्यवसायी संघ नेपालका महासचिव जय गुरुङले संचालन गरेका थिए ।

