पोखरा । पोखराको भूपू खेलाडी मञ्च यूकेले नेपाल आएका सहारा यूके तथा क्वोने घोताने घोण्डे गुरुङ समाज यूकेका अध्यक्षसहित पाहुनाहरूलाई स्वागत गरेको छ ।
आइतबार पोखरामा आयोजित एक समारोहबिच मञ्चले स्वागत सम्मान गरेको हो । कार्यक्रममा सहारा यूकेका नवनिर्वाचित अध्यक्ष शारदा गुरुङ, सदस्यहरू, क्वोने घोताने घोण्डे गुरुङ समाज यूकेका अध्यक्ष कुमार गुरुङ, पूर्वअध्यक्षहरू कुसाङ गुरुङ, मिनबहादुर गुरुङ, उपाध्यक्ष क्याप्टेन पीताम्बर गुरुङ, सल्लाहकारहरू भोज गुरुङ, नरजंग गुरुङ, मञ्जुल गुरुङ, यशोदा गुरुङ, राम गुरुङ, वरिष्ठ सल्लाहकार महेश गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु लगायतलाई भव्य स्वागत गरिएको थियो ।

सचिव महेश पोडेलेले सञ्चालन गरेको कार्यक्रममा भूपू अध्यक्ष तेजबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । सहारा यूकेका अध्यक्ष शारदा गुरुङ र क्वोने घोतानेका अध्यक्ष कुमार गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसपछि तीन वटै संस्थाका अध्यक्षहरूले एकअर्काबीच मायाको चिनो साटासाट गरेका थिए । उपस्थित सबै जनालाई मायाको चिनोस्वरुप सफल पोखरा म्याराथनको क्याप र टिसर्ट दिएका थिए । गिनिज रेकर्ड होल्डर सन्तोष राईलाई पनि सम्मान गरिएको थियो ।

अध्यक्ष दिलबहादुरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । सो अवसरमा हिमालयन अटोमेसनका जगन गुरुङले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
पोखरfमा भएको कार्यक्रममा पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, व्यवसायीलगायतको उपस्थिति थियो ।

