लन्डन । ग्रीनवीच भलिबल क्लबको अध्यक्षमा उमेश चन्द ठकुरी चयन भएका छन् । आइतबार प्लमस्टिडमा सम्पन्न क्लबको तेस्रो अधिवेशनले चन्दको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
२५ सदस्यीय समितिको उपाध्यक्षमा अनिल गुरुङ र संगीता मगर, महासचिवमा अमर गुरुङ, सचिवमा चन्द्र पुन, सहसचिवमा रश्मी गिरी, कोषाध्यक्षमा विजय थापा र सहकोषाध्यक्षमा मिन गुरुङ चयन भएका छन् ।
यसैगरी, सदस्यमा आरती राना, सम्झना थापा, सनम थापा, इच्छा थापा, लक्ष्मण राई, जीवन थापा, रेखा घले, चन्दा थापा, मिन रिंजाली, निर्मल थापा, सचिन लिम्बु, सुनिल थापा, रोबिन गुरुङ, मधु थापा, मनोज, लब थापा र कुश थापा रहेका छन्।
यस्तै, क्लबको प्रशिक्षकमा जीवन गुरुङ र म्यानेजरमा प्रेम गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ ।
क्लबका संरक्षक विनोद ज्ञवाली निर्वाचन समितिप्रमुख रहेका थिए । समितिको सदस्यसचिव कर्मा पहाडी शेर्पा र सदस्यमा राज कटवाल रहेका थिए ।
निवर्तमान अध्यक्ष रविन्द्र रोका मगरले नवनिर्वाचित समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिँदै जिम्मेवारी हस्तान्तरण गरेका थिए ।