लन्डन । तमु धीं यूकेले आयोजना गर्ने ‘त ल्हो ल्होछार उत्सव-२०२५’का लागि गायिका सलोमी गुरुङ र गायक केशबहादुर गुरुङ बेलायत आइपुगेका छन् ।
कलाकारद्वय सलोमी र केशबहादुर २१ डिसेम्बर २०२५ मा लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएका हुन् । हिथ्रोको टर्मिनल ४ मा सलोमी र केशबहादुरलाई तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमला देवी गुरुङ, वरिष्ठ उपाध्यक्ष एवं ल्होछार कार्यक्रम संयोजक परशु गुरुङ, उनकी पत्नी नन्दा गुरुङ, उपाध्यक्ष कमल गुरुङ, दिलमाया गुरुङ, उनका श्रीमान् एवं गिलुङ समाज यूकेका अध्यक्ष नन्द गुरुङ, महासचिव डा विशाल गुरुङ, सचिव विमल गुरुङ र उनकी श्रीमती, कोषाध्यक्ष प्रेम गुरुङ, सांस्कृतिक सचिव विनु गुरुङ, पूर्वकोषाध्यक्ष मेजर बुद्धि गुरुङ, तमु प्ये ल्हु संघकी पूर्व फस्ट लेडी पार्वती पर्जु तमु, डेबिड आर्मटिजलगायतले खादा, पुष्पगुच्छा र रिपा लगाइदिएर स्वागत गरे ।
कलाकारको स्वागतका क्रममा तमु प्ये ल्हु संघ यूके आमा समूहकी निवर्तमान अध्यक्ष विष्णु टु क्ल्हेप्री, उनका श्रीमान् कुल गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटोग्राफर मिलन तमुलगायत एयरपोर्ट पुगेका थिए ।
कलाकारद्वयले यात्रा सफल रहेको भन्दै स्वागतका लागि तमु धीं यूके परिवारलाई धन्यवाद दिए । उनीहरुले २७ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुने ल्होछार कार्यक्रमका लागि निमन्त्रणासमेत दिए । त्यसक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष तथा कार्यक्रम संयोजक परशु गुरुङले पनि कार्यक्रममा उपस्थित हुन बेलायतवासी नेपाली समुदायलाई अपिल गरे ।
सलोमी नेपाल आइडल सिजन ६ मा द्वितीय भएकी थिइन् भने केशबहादुर पछिल्लो समयमा गुरुङ गीतमा ख्याति कमाउन सफल युवा गायक हुन् । ल्होछारमा उनीहरूका साथमा स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहनेछ ।
तमु वर्गचक्रअनुसार सर्प वर्गको बिदाइ र घोडा वर्गलाई स्वागत गर्दै यस वर्ष तमु (गुरुङ) समुदायले बेलायतमा त ल्हो ल्होछार मनाउँदै छन् ।














