लन्डन । गायक सागर आले मगर र गायिका शान्ति श्रीस मगरको स्वरमा सजिएको 'यूके बस्ने दाइ' गीत सार्वजनिक भएको छ ।
उक्त गीत १२ डिसेम्बर २०२५ मा शान्ति श्रीस मगर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यो समाचार तयार पार्दा करिब २ लाख भ्यूज गइसकेको छ ।
शब्द र संगीत सुरेश राना मगर, एरेन्ज, मिक्सिङ, मास्टरिङ एसबीएन किस्मत, रेकर्डिस्ट राज खड्का रहेको छ । अडियो/भिडियो शान्ति श्रीस मगर अफिसियल रहेको छ भने निर्देशक र कोरियोग्राफर विजय पुनको रहेको छ ।
विजय पुन, चाहना राना मगर, अश्विनमगर र शान्ती श्रीस मगरले जीवन्त तरिकाले अभिनय गरेका छन् । सिनेमाटोग्राफर बुद्ध तथा र टिमको रहेको छ भने सम्पादनको भूमिकामा राजकुमार मगर रहेका छन् ।
कलर राजेन्द्र मोक्तान, पोस्टर आर्ट शान थापा र मेकअप कविन खड्काले गरेका छन् ।
गायिका तथा मोडल शान्ति श्रीष मगरले बागलुङको गलकोटबाट पोखरा आएर गीत सङ्गीतका क्षेत्रमा गरेको सङ्घर्षका चरणबारे स्पष्ट पारेकी थिइन् । तत्कालीन परिस्थितिमा सङ्गीतसम्बन्धी औपचारिक ज्ञान नभए पनि रेडियो सुनेकै भरमा सङ्गीतप्रति अनुराग बढेको अनुभव उनले सनाइन् । जीवन जिउने क्रममा केही समय सङ्गीतबाट टाढिनुपर्दाको कष्टकर समयको स्मरण गर्दै मगरले आफूभित्रको रुचि कुनै पनि कारणले नरोकिने प्रमाणित भएको बताइन् । उनका यसअगि फूल जस्तै मेरो जोवन, जूनतारा, गल्छी झरेसि, बसे पर्खेरलगायतका गीतहरू सार्वजनिक भएका छन् ।