पोखरा । नेपाल मगर सांस्कृतिक संघ कास्कीको नवौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सरिता सारु मगरको अध्यक्षतामा भएको सभामा नेपाल मगर संघ कास्कीका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर पुर्जा मगर प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघ केन्द्रका उपाध्यक्ष पदम थापा मगर, नेपाल मगर संघ केन्द्रका भाषिक उपाध्यक्ष फुलकुमारी थापा मगर, नेपाल मगर संघ केन्द्रीय सांस्कृतिक विभाग प्रमुख हर्क आले मगर, नेपाल मगर संघ पोखरा महानगरका अध्यक्ष ओम श्रीस मगर, नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय सचिव रमेश बाबु थापा मगरको उपस्थिति रहेको थियो ।

यस्तै, नेपाल मगर महिला संघ कास्कीका निवर्तमान अध्यक्ष नुनु राना मगर, नेपाल मगर सांस्कृतिक संघका संस्थापक अध्यक्ष दीपक थापा मगर, सल्लाहकार चन्द्रप्रकाश थापा मगर, जीवन कुमार थापा, मेकबहादुर आले मगर, रामजी पौडेल, होम गुरुङलगायत विशिष्ट अतिथि तथा अतिथिहरू रहेका थिए ।
कार्यक्रममा लोक दोहोरी मौलिक गायक कुमार पुन मगर, लोक दोहोरी गायिका माया राना गुरुङ, लोक गायिका ललिता पुन मगरलाई सम्मान गरिएको थियो ।
सो अवसरमा मौलिका झाम्रे (मुराली तिरिरी) गीतको विमोचनसमेत गरियो । उक्त गीतको भिडियो नेपाल मगर सांस्कृतिक संघ कास्कीको च्यानलबाट हेर्न सकिनेछ ।
आफूले दुई कार्यकाल गरी ६ वर्ष संस्थाको नेतृत्व गर्दा सबैको साथ तथा सहयोग पाएको अध्यक्ष सारुले बताइन् । उनले सहयोग गर्ने कार्यसमितिसहित देश तथा विदेशमा रहेका विभिन्न संघसंस्था तथा सहयोगी हातहरुप्रति आभार व्यक्त गरिन् । अधिवेशन कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई संस्थाले धन्यवाद दिएको छ ।
