प्रथम उपाध्यक्ष, महिला उपाध्यक्ष र सहकोषाध्यक्ष पदबाहेक पदाधिकारी र कार्यसमिति सदस्य पदमा निर्विरोध भएको थियो । जस अनुसार वरिष्ठ उपाध्यक्षमा रामजी पौडेल, द्वितीय उपाध्यक्षमा होम गुरुङ, सचिवमा कृष्ण सुवेदी, महिला सचिवमा सुनिता नेपाली, कोषाध्यक्षमा टौ सुबा गुरुङ सविना, सहसचिवमा टेकबहादुर क्षेत्री निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत नारायण शर्माले जानकारी दिए ।
यसैगरी कार्यसमिति सदस्यमा प्रीति गुरुङ, सरला अधिकारी, कमला गैह्रे , किसान नेपाली, भानुभक्त पौडेल, दीपक गदाल, नेत्र खड्का, सुनिमा गुरुङ, सूर्य गुरुङ, रामप्रसाद ढकाल, पुजा परियार शेर्पा, पुजा गुरुङ सविता , पुजा कार्की, राज बहादुर गुरुङ, विक्रम गुरुङ, मदन अर्याल, दिनेश थापा र विष्णुकुमार वाग्ले सर्वसम्मत भएको निर्वाचन अधिकृत शर्माले बताए ।
निर्वाचन भएका पदमध्ये प्रथम उपाध्यक्षमा आरसी पौडेल, महिला उपाध्यक्षमा मञ्जु बिक र सहकोषाध्यक्षमा सपना परियार निर्वाचित भए । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
नवनिर्वाचित अध्यक्ष माया गुरुङले निर्विरोध अध्यक्ष हुने नसोचेको भए पनि सबैजनाको विश्वासले त्यो सम्भव भएको बताइन् । यसरी विश्वास पाउँदा खुसी भएको उनको प्रतिक्रिया थियो । केही साथी छुट्दा नरमाइलो लागे पनि जाँगरिलो टिमको साथ रहेकोले कार्यकाल सफल हुने उनको अनुमान छ।
नवनिर्वाचित अध्यक्ष गुरुङले आफूमाथि गरेको विश्वासमा कमी आउन नदिने बताइन् । संस्थापकदेखि पूर्वअध्यक्ष, निवर्तमान अध्यक्षले देखेका सपना र अपुरो रहेका काम पूरा गर्ने उनले जनाइन् । उनीहरूले गरेका काममा निरन्तरता दिने उनको तयारी छ ।

काम गरेर देखाउनको लागि नेतृत्वमा पुगेको उनले बताइन् । ‘संस्थालाई सपार्ने हो सिँगार्ने हो बिगार्ने होइन म सिँगार्नलाई आएको हो सिँगारेरै अगाडि बढ्छु’ उनको प्रतिबद्धता छ। यसअगाडि सातौं साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वकेन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले उद्घाटन गरेका थिए । पराजुलीले संस्थामा गरेको योगदानको मूल्यांकन गरेर नेतृत्व चयन गर्नुपर्ने बताए । उनले कार्यसमिति चयन भइसकेपछि गुनासो गर्नुभन्दा अधिवेशनको समयमा नै सोच विचार गर्नुपर्ने बताएका थिए ।
विशिष्ट अतिथि रहेका प्रतिष्ठान नेपालका पूर्वकेन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपानेले प्रतिनिधि चयन गर्दा लापरबाही नगर्न आग्रह गरे । उनले साँच्चै नै गीतसंगीतमा योगदान दिएका व्यक्ति समेटिनु पर्ने बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष तथा निर्वाचन संयोजक रामजी खाँण, केन्द्रीय सचिवहरु जीवन दाहाल, घनश्याम रिजाल र शंकर विरही गुरुङ, पूर्वउपमहासचिव चोलेन्द्र पौडेल, सल्लाहकार तथा संरक्षक यामबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष राजाराम पौडेल, प्रतिष्ठान नवलपुरका अध्यक्ष बुद्धिनाथ घिमिरेलगायतले बोलेका थिए ।
प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामजी पौडेलले गरेका थिए । सातौँ साधारणसभा र तेस्रो अधिवेशनको अवसरमा तीर्थसागर स्मृति पत्रकारिता पुरस्कार राजाराम पौडेल,नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कार शिवु गिरी, उच्च शिक्षा पुरस्कार करण कँडेललाईसहितका अर्पणसहित विभिन्न सम्मान तथा साँस्कृतिक कार्यक्रम भएका थिए ।

