लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूके शाखामा नयाँ कार्यमसिति चयन गरिएको छ ।
शाखाको आइतबार २१ मंसिर २०८२ (७ डिसेम्बर २०२५) मा सम्पन्न भएको ११औं वार्षिकसाधारणसभा तथा पाँचौं अधिवेशनले मनसुधन थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमिति प्रथम उपाध्यक्षमा कल्पना श्रीपाल, द्वितीय उपाध्यक्षमा चन्द्रबहादुर गुरुङ र महिला उपाध्यक्षमा कौशिला थापा चुनिएका छन् भने सचिव रेशमबहादुर पाचे मगर, सहसचिव धर्म लामा गुरुङ, महिला सचिव निता गुरुङ, कोषाध्यक्ष जीतबहादुर काउचा र सह-कोषाध्यक्षमा भिम आले मगर चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सदस्यहरूमा मिन गुरुङ,दिनेश गुरुङ, कुमार गुरुङ, तारा गर्बुजा, रूक आले, निर्मला राना, सन्तोष पुन, पवन राना, भुपी पौडेल, आश्मा छन्त्याल, निरूशा भट्टराई, खेम आले, श्रृजना गुरुङ, बेनिता गुरुङ, यज्ञ बिक र रेखा कोइराला चुनिए ।
नयाँ कार्यसमिति चयन गर्नका लागि अनिल मल्लको संयोजकत्वमा निर्वाचन कमिटी बनाइएको थियो । अधिवेशन उद्घाटन सत्र निवर्तमान अध्यक्ष लक्षमण रानाको अध्यक्षतामा भएको थियो ।
नयाँ कार्यसमितिको कार्यकाल वि.सं. २०८२-२०८५ (सन् २०२५-२०२८) सम्म रहनेछ ।

नयाँ अध्यक्ष मनसुधन थापा मगर