पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको ८औं महाधिवेशनबाट अध्यक्षमा पवित्रा प्हच्यु तमु सर्वसम्मत निर्वाचित भएकी छन् ।
कार्तिक २९ गते शनिबार फलिना क्होंइबो पोखरा-११ रानीपौवा, शक्तिघाट स्थित केन्द्रीय सभाहलमा आयोजित तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको ८औँ महाधिवेशनबाट महासचिव पदमा रहेर सफलतापूर्वक काम गर्दै आएकी पवित्रा प्हच्यु तमु सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएकी हुन् ।
लमजुङ, भुजुङ पुरानो थातथलो भइ हाल पोखरा बस्ने शिक्षिका एवम् सफल नृत्य निर्देशक पवित्रा प्हच्यु तमुले विगतदेखि नै विभिन्न संघ संस्थामा रहेर युवाहरूको सचेतना, तमुको मौलिक संस्कार, संस्कृतिको संरक्षण तथा संस्थागत विकासमा सक्रिय भूमिका निभाउँदै आएकी हुँदा उनले आगामी कार्यकालमा संगठनलाई अझ सुदृढ, गतिशील र सक्षम बनाउने विश्वास व्यक्त गरिएको छ ।

संस्थामा दोस्रो महिला नेतृत्वको रुपमा पाएको यो नेतृत्वसहितको टिमले युवा सहभागिता बढाउने, महिला सशक्तीकरणमा क्षमता अभिवृद्धि गराउँदै नेतृत्व विकास गराउने, संस्थालाई समावेशीता, पारदर्शिता र आधुनिक सोंचसहितको प्रगतिशील संस्थाको रुपमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
शनिबार सम्पन्न तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको ८औं महाधिवेशनको पहिलो सेसन उद्घाटन-सत्र अध्यक्ष शुक्रराज सर्बुजा तमुको अध्यक्षता, प्रमुख आमन्त्रित व्यक्तित्व तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष ओमबहादुर थिम्जे तमुको प्रमुख आतिथ्यतामा आरम्भ भएको थियो । यसको साथै महाधिवेशनको दोश्रो सेसन बन्द-सत्रमा सहमतीय प्रक्रियाबाट नयाँ नेतृत्वसहितको कार्यसमिति फ्रेमिङ तयार भएको छ ।
यो सँगै अध्यक्षमा पवित्रा प्हच्यु तमु, वरिष्ठ उपाध्यक्षमा होम ल्हों तमु, प्रथम उपाध्यक्षमा नरमाया पैंगीलम तमु र द्दितिय उपाध्यक्षमा कृष्ण ल्हेंगे तमु सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी उपाध्यक्ष/गण्डकी प्रदेश संयोजकमा कमलबहादुर चोर्मी तमु (कास्की), उपाध्यक्ष/बागमती प्रदेश संयोजकमा विशु लम तमु (चितवन) सर्वसम्मत निर्वाचित भएका छन् भने महासचिवमा हिमाल प्हच्यु तमु, सह-महासचिवमा सन्तोष ङोर तमु, उप-महासचिवमा अनुप टुक्ल्हेप्री तमु, सचिवमा प्रमिशा योज तमु, सह-सचिवमा उज्ज्वल पाल्जे तमु, कोषाध्यक्षमा जीवन प्हच्यु तमु र सह-कोषाध्यक्षमा विद्या प्हच्यु तमु रहेका छन् ।

यसैगरी विभिन्न विभागीय संयोजकहरुमा महिला विभागमा रजनी क्रोम्छें तमु, युवा विभागमा उत्तम क्रोम्छें तमु, खेगी विभागमा अतिश ल्हेंगे तमु, सह-संयोजक राम प्हच्यु तमु, खेलकुद विभागमा मनोज कुमार सर्बुजा तमु, विदेश विभागमा चन्द्र ताज्मे तमु, संघसंस्था विभागमा अनिका ल्हेंगे तमु, प्रचारप्रसार विभागमा राज कुमार ल्हेंगे तमु र सांस्कृतिक विभागमा सुजन कोके तमुलाई चयन गरिएको छ भने कार्यसमिति सदस्यहरुमा ममता कोन्मे तमु, केश बहादुर प्हच्यु तमु, प्रनित पाल्जे तमु, सागर च्हम्रु तमु, आशिष कोन्मे तमु, कुमार कुब्जे तमु, तारामान क्रोम्छें तमु, अश्मी लेम तमु, स्नेहा पैंगीलम तमु, पवन कोन्मे तमु, कुसुम कोन्मे तमु, विना पर्जु तमु, टेकमान प्हच्यु तमु, निशा क्रोम्छें तमु र राज बहादुर टुक्ल्हेप्री तमु रहेका छन् ।