लन्डन । बेलायतमा पृथ्वीनारायण शाहको ३०१ औं जन्मोत्सव मनाइएको छ । जन्मोत्सवको अवसर पारेर वेलायतमा वसोवास गर्दै आएका सम्पूर्ण ठकुरीहरूको एकमात्र संस्था ठकुरी समाज युकेले विगतका केही बर्षदेखि निरन्तर रुपमा मनाउँदै आइरहेको पृथ्वीजयन्ती तथा समाजको बार्षिक साधारण सभा ७ जनवरी २०२३ शनिबारका दिन द प्यालसे, अल्डरसटमा सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्र योगदानको सम्झनामा शाहको तस्बिरमा फूलमाला तथा पुष्प गुच्छा चढाएर माल्यार्पण सहित सम्मान गरिएको थियो । ठकुरी समाज युकेका अध्यक्ष शान्त चन्दको सभापतित्वमा भएको कार्यक्रममा समाजका उपाध्यक्ष रञ्जन मल्ले स्वागत मन्तब्य राखेका थिए । सचिव शोभितजङ मल्लले सञ्चालन गरेका थिए । बार्षिक रुपमा समाजको आर्थिक आयब्याको हिवास विवरण समाजका कोषाध्यक्ष किशोर चन्दले प्रस्तुत गरे । कार्यक्रमा रिटायर्ड मेजर तथा समाजका भूपू अध्यक्ष धन चन्दले पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीको बर्णन गर्दै राष्ट्र निर्माणमा दिएको योगदानको चर्चा गरे ।
शाहले दिएको दिब्य उपदेशहरु पढेर सुनाउँदै, ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् । नेपाल दुई ढुंगाबीचको तरुल हो । मगारातको राजा मै हुँ । नेपाल सबै जातको फूलबारी हो । प्रजामोटा भया दरबार बलियो हुन्छ्र’ आदि जस्ता शाहका कालजयी दिब्यउपदेशहरुको बारेमा संक्षिप्त विवेचना समेत गरे ।
वर्तमान नेपालका नेता र शाषकहरले शाहलाई राष्ट्रिय सम्मान गर्न नसक्नु गणतन्त्रको नाउँमा विगतदेखि वर्तमान सम्मको सरकारहरु र तिनका नेताहरु प्रति ठकुरी समाज युकेले गम्भिर खेद प्रकट गरेको छ ।
जुनसुकै र जो सुकै भए पनि राष्ट्रिय गहना बोकका धरोहरहरुलाई सकिन्छ सम्मान दिनु, सकिन्न अपमान पनि गर्नु हुँदैन भन्ने मान्यता समाजको छ ।
पूर्व निर्धारित समय अनुसार नै सञ्चालित कार्यक्रममा समाजका उपाध्यक्ष मल्ले सबै ठकुरी समाज युकेका सदस्यहरुलाई बेलायत जस्तो देश जहाँ समयको अति महत्व छ, यस ठाउँमा सबेर पनि समाजले आमन्त्रण गरेको पृथ्वीजयन्ती तथा बार्षिक साधारण सभाको कार्यक्रममा उपस्थित भएर शोभा बढाईदिने सबैलाई शुभकामना तथा धन्यवाद दिए । अध्यक्ष चन्दले दिएको अनुमति अनुसार सचिव मल्लले प्रस्तुत गरेको आन्तरिक बार्षिक नीती तथा कार्यक्रम अन्तरगत आगामी बर्षको बार्षिक समर पार्टी, दशैंतिहार कार्यक्रम, पृथ्वीजयन्ती तथा साधारण सभाको बारेमा छलफल भएको थियो । यसको अतिरिक्त कार्यक्रममा समाजको संगठन निर्माण, कार्यक्रममा उपस्थित हुने संख्याको मूल्यांकन, वर्तमान गतिविधि, आर्थिक संकलन, सामाजिक सहभागिता, युवा उमेर समूहको समाजमा प्रतिनिधित्व, संगठनको सदस्यहरुको उत्तरदायित्व, कार्यसमितिको गतिविधि, सामाजिक सञ्जालहरु समाजको वेवसाइट, फेसबुकपेज तथा भाइवरमा अपडेट, समाजका थप स्थायी सदस्यहरुको नामावली, नयाँ सदस्यहरुको सदस्यता, सदस्यता नवीकरण, जेष्ठनागरिक, पारिवारिक एकल सदस्य, भैपरी आउँदा हुने आर्थिक संकलन तथा चन्दा सहयोग, ठकुरी समाज युकेको इकाई समितिको आवश्यकता र गठन, विद्यार्थी छात्रबृत्ति तथा सहयोग, विभिन्न सामाजिक तथा आर्थिक सहयोग गर्ने विषयहरुमा गहन छलफल भएको थियो ।
कार्यक्रममा भूपू अध्यक्ष रामराज मल्ल, रि क्या विष्णु सिंह, मेजर डम्मर शाही, श्रीमति सोविता शाही, जोग सेन, भगवान मल्ल, पृथ्वी खाँण, भक्र मल्ल, लक्ष्मण मल्ला, अशिम खाँण ठकुरी र उपस्थित सदस्यहरुले पनि समाजको गतिविधिको बारेमा आ आफ्नो मन्तब्य र छलफलमा सहभागि भएका थिए । कार्यक्रममा नेपालदेखि आएका नव आगन्तुक सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ठकुरी समाज युकेको अर्को कार्यक्रम समर विविक्युमा सहभागि हुन सबैलाई आब्हान गर्दै नयाँ बर्ष २०२३ सालको शुभकामना दिएर कार्यक्रम समापन भएको रामचन्द्र शाहीले बताए ।