पोखरा । लालीगुराँस एसोसिएसन (एलजी) यूकेको सहयोगमा सहारा एकेडेमीका बालकहरुलाई ट्र्याक सुट प्रदान गरिएको छ । एलजी एसोसिएसन नेपालका संस्थापक एवम् एलजी फेष्ट कार्यक्रम यूकेका संयोजक राजेन्द्र गुरुङ (कान्छा)को पहलमा यूकेमा आयोजित एलजी फेष्टमा संकलित रकमबाट सामाजिक कार्यअन्तर्गत एलजी एसोसिएसन नेपालका अध्यक्ष डम्मरजंग गुरुङको सहकार्यमा पोखरा-१७ दोबिल्लामा रहेको सुर्यबहादुर केसी स्मृति सहारा आवसीय फुटबल एकेडेमीमा रहेका ३० जना बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको हो ।
सो अवसरमा बोल्दै एलजी एसोसिएसन नेपालका अध्यक्ष डम्मरजंग गुरुङले एलजी एसोसिएसनले एलजी फेष्टको आयोजना गरी सामाजिक कामहरु गर्दै आइरहेको सन्दर्भमा हालै यूकेमा सम्पन्न एलजी फेष्टमा संकलित रकमबाट पोखराको सहारा एकेडेमी रहेको बालकहरुलाई ट्रयाक सुट वितरण गरिएको बताए ।
त्यस्तै एलजी एसोसिएसनका वरिष्ठ सल्लाहकार सुनिल गुरुङले एलजी एसोसिएसनले स्वदेश तथा विदेशमा समेत संगठित भई एलजी फेष्टको आयोजना गरी नेपालमा सामाजिक कामलाई निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गर्दै एलजीको सामाजिक काममा सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा सहारा क्लबका अध्यक्ष केशवराज बरालले एलजी एसोसिएसन पोखराका संस्थापक राजेन्द्र गुरुङ (कान्छा)लगायत सम्पूर्ण एलजी एसोसिएसन परिवारप्रति धन्यवाद प्रकट गरे ।

सो अवसरमा एलजी एसोसिएसनका सल्लाहकार चन्द्रमान गुरुङ, सन्तोष कार्की र सदस्य नसिव गुरुङ, संगम क्लब पोखराका पूर्वअध्यक्ष राजु गुरुङको उपस्थिति रहेको थियो ।
क्लबको तर्फबाट अध्यक्ष केशबराज बराल, वरिष्ठ उपाध्यक्ष एवम् एकेडेमी संयोजक पूर्ण गुरुङ, पूर्वअध्यक्षहरु विक्रम थकाली, केशवबहादुर थापा, हरिराम गुरुङ, उपाध्यक्ष चित्रबहादुर पुन, कोषाध्यक्ष बिनु राना, कार्य समिति सदस्य अमर राजभण्डारी, एकेडेमी व्यवस्थापन समितिको सहसंयोजक विश्वराज बराल, सदस्य लिलबहादुर थापाको उपस्थिति रहेको थियो ।