लन्डन । तमु समाज युकेले तमु तथा नेपालीहरुको महा्न सांस्कृतिक पर्व ल्होछार/ल्होसार कार्यक्रम गत शनिबार ७ जनवरी २०२३ मा लन्डनस्थित ह्यारो लेजर सेन्टरको बाईरोन हलमा भव्य रुपमा मनाएको छ ।
तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङको अध्यक्षता, नेपाली राजदूतावास लन्डनका नियोग उपप्रमुख रोशन खनालको प्रमुख आतिथ्यमा भएको उक्त बृहत् तमु हि ल्होछार कार्यक्रम उद्घाटन प्रमुख अतिथि र समाजका अध्यक्ष गुरुङले संयुक्तरुपमा पानसमा दिप प्रज्ज्वलन गरिगरेका थिए । समुद्घाटन कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो ।
तमु हि ल्होछार औपचारिक कार्यक्रमको सन्चालन समाजका महासचिव धरम बल गुरुङले गरेका थिए । कार्यक्रमा महासचिवले नै आरम्भमा हेल्थ र सेफ्टीसम्बन्धी जानकारी दिए भने अध्यक्ष शिवकुमार गुरुङले स्वागत मन्तव्य राख्दै तमु ल्होछार सेलेब्रेसन र संस्थाको बारेमा संक्षिप्त जानकारी गराएका थिए । त्यसैगरी धन्यवाद मन्तब्य राख्दै कार्यक्रममा प्रत्यक्ष उपस्थित भई अथवा अप्रत्यक्षरुपमा सहभागी बनि विभिन्न सहयोग गर्ने सबै संघ संस्थाका महानुभवहरु, समाजका पदाधिकारीहरु र सदस्यहरुलाई उपाध्यक्ष हर्कबहादुर गुरुङले धन्यवाद दिएका थिए ।
मन्तब्य राख्नेक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका नियोग उपप्रमुख रोशन खनालले तमु समाज युकेले भव्यताका साथ आयोजना गरेको तमु ल्होछार कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्त खुसी लागेको भन्दै तमु समाज युकेले आफ्नो नेपाली कला, संस्कृति, धर्म र परम्परालाई जगेर्ना गर्नाका लागि पुर्याएको योगदान र देश विदेशमा गरेका बिभिन्न किसिमका सामाजिक सेवा र परोपकारी कार्यहरुको मुक्तकण्ठले प्रशंसा गर्दै हि ल्होछार र अंग्रेजी नयाँ वर्षको अवसरमा सबैलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोउत्तर प्रगतिको शुभकामना ब्यक्त गरेकी थिइन् । प्रमुख अतिथिले कार्यक्रममा कलाकारहरुले गरेको उत्कृष्ट नृत्य प्रस्तुतिहरुको पनि प्रशंसा गरेकी थिइन् ।
विगतका जस्तै यस वर्षको हि ल्होछार कार्यक्रमको अवसरमा पनि समाजका नयाँ आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र तथा समाजको लोगो अंकित ब्याच वितरण गरी समाजमा औपचारिकरुपमा स्वागत गरिएको थियो । यस अलावा शैक्षिक सत्र २०२१/२२मा स्नातक तथा स्नाकोउत्तर तहमा सफलता प्राप्त विद्यार्थीहरु तथा विगतका वर्षहरुमा सामाजिक जीवनको बिभिन्न पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै समाजिक सेवा र संस्थाको विकासमा उल्लेख्य योगदान पुर्याउने विभिन्न महानुभावहरुलाई तमु समाज यूके विशिष्ट समाजसेवा सम्मान (लाईफ टाईम एचिभमेन्ट एवार्ड-२०२३), तमु समाज युके उत्कृष्ट समाजसेवा सम्मानपत्र २०२३ तथा प्रशंसापत्रहरु प्रदान गरिएको थियो । सम्मान तथा प्रशंसापत्र वितरणमा प्रमुख अतिथि नेपाली राजदूताबास लन्डनका नियोग उपप्रमुख खनाल, ब्रेन्टका काउन्सिलर सकिब बट र समाजका अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङ, उपाध्यक्ष हर्कबहादुर गुरुङ र आमा समूहका अध्यक्ष उमादेवी गुरुङ सहाभागी भएका थिए ।
यस वर्षको ल्होछार कार्यक्रममा समाजको स्थापनाकालदेखि अनवरतरुपमा विभिन्न महत्वपूर्ण पदहरुमा रहेर सामाजिक जीवनको विभिन्न क्षेत्रमा तमु समाज युकेको संरक्षण, संवर्द्धन र विकासका निम्ति अहोरात्र खटिई अतुलनीय योगदान गरेका सामाजिक अभियन्ताहरु तमु समाज यूकेका पूर्वउपाध्यक्षद्वय रेनुमाया गुरुङ र बिजु गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र पूर्वकोषाध्यक्ष उदय गुरुङलाई तमु समाज यूके विशिष्ठ समाजसेवा सम्मान (लाईफ टाईम एचिभमेन्ट एवार्ड २०२३) बाट सम्मान गरिएको थियो । सम्मानित चार ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि, समाजका अध्यक्ष र आमा समूहका अध्यक्ष गुरुङले विषिष्ठ सम्मानपत्र, फेटा र खादा लगाई सम्मान गरेका थिए ।
यसैगरी तमु समाज युकेले प्रत्येक वर्ष ल्होछारको अवसरमा सामाजिक जीवनको बिभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्यक्तित्वहरुलाई तमु समाज युके उत्कृष्ट समाजसेवा सम्मानपत्रबाट सम्मान गर्ने गरेको छ । यस वर्ष तमु समाज युकेले उत्कृष्ट समाजसेवा सम्मानपत्र २०२३ बाट सल्लाहकार लेप्टेनेन्ट थमप्रसाद गुरुङ, सल्लाहकार हितमान गुरुङ, खबर युकेका पत्रकार ईन्द्र गुरुङ र एभरेष्ट क्यास एण्ड क्यरिका प्रोपाईटर आशबहादुर गुरुङलाई सम्मान गरिएको थियो । यसैगरी कोरोना महामारीको समयमा सामाजिकसेवाका बिभिन्न कार्यहरु गरेर अतुलनीय योगदान पुर्याउनेमा सामाजिक अभियन्ता पार्वती गुरुङलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका नियोग उपप्रमुख रोशन खानाल र उनका पति करुन अर्याललाई पनि समाजको तर्फबाट दोसल्ला, फेटा र पुष्पगुच्छा प्रदान गरी सम्मान गरेका थिए ।
सांस्कृतिक तथा मनोरन्जन कार्यक्रममा पूर्वसांस्कृतिक सचिव तथा तमु चलचित्रका नायिका सरु गुरुङ रानाको कोरियोग्राफीमा तमु समाज युकेको आमा समूह, युवा समूह तथा स्थानीय कलाकारहरुबाट उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रममा अर्को आकर्षण नेपालबाट आएका लोकगायकद्वय पृथ्वीमान गुरुङ र जुना श्रीष मगरको जोडदार गीत प्रस्तुतिमा कार्यक्रममा उपस्थित सबैले नाचेर साथ दिएका थिए ।
तमु समाज युकेका पूर्वसांकृतिक सचिव सरु गुरुङ रानाको कोरियोग्राफी र उपाध्यक्ष बिन्दु घलेको व्यवस्थापनमा प्रस्तुत नृत्य तथा सांस्कृतिक कार्यक्रमको संचालन निरज गुरुङ र महान्त गुरुङले गरेका थिए ।
लामो समयको अन्तरालपश्चात् यस वर्षको हि ल्होछार सेलेब्रेसन कार्यक्रममा अतिथिको रुपमा तमु धिं यूकेका अध्यक्ष हरि गुरुङ र निवर्तमान अध्यक्ष हित काजी गुरुङको विशेष उपस्थितिसहित अन्य उपस्थितिहरुमा गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगर, पूर्वमेयर तथा काउन्सिलर विष्णुबहादुर गुरुङ, काउन्सिलर सकिब बट, काउन्सिलर कमल गुरुङ, रोयल ग्रिनवीच नेप्लिज एसोसिएसन युकेका अध्यक्ष काउन्सिलर जित रानाभाट, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष रनबहादुर गुरुङ, तनहुँ समाज युकेका अध्यक्ष केसर राना, पोखरेली मन्च युकेका अध्यक्ष करम गुरुङ, पर्वत वेलफेयर सोसाईटी युकेका अध्यक्ष अप्सरा गुरुङ, बेजिङस्टोक गुरुङ समाज युकेका अध्यक्ष दुर्गा गुरुङ, सहारा युकेका अध्यक्ष लेप्टेनेन्ट कुसाङ गुरुङ, तमु कलाकार सांस्कृतिक मन्च युकेका अध्यक्ष कुमार गुरुङ, तमु कलाकार सांस्कृतिक मंच युकेका संस्थापक अध्यक्ष तथा भुम्दी कालाबङ घरेडी समाज युके निवर्तमान अध्यक्ष सूर्य गुरुङ, घन्द्रुक समाज युकेका अध्यक्ष नारायन सिङ गुरुङ, दुर्लुङ समाज युकेका अध्यक्ष कुलराज गुरुङ, श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेका अध्यक्ष जङ्गबहादुर गुरुङ, धादिङ नुवाकोट समाज युकेका अध्यक्ष धनबहादुर तामाङ, बुद्धिष्ट गुम्बा रेडिङका अध्यक्ष ईन्स्पेक्टर खेमबहादुर गुरुङ, डाईमन्ड बुद्धिष्ट सेन्टर युकेका अध्यक्ष योगेश गुरुङ, पञ्चासे समाज युकेका अध्यक्ष शिवराम गुरुङ बिईएम, दक्षिण पूर्बी क्षेत्रीय तमुधिं लन्डनका अध्यक्ष ह्यारी गुरुङ, चार भाङज्याङ तमु समाज युकेका अध्यक्ष बेनकुमार गुरुङ थिए ।
यसैगरी गुरुङ सोसाईटी केन्ट युकेका उपाध्यक्ष गोलमान गुरुङ, मगर संघ युके वेम्बली ब्रन्चका अध्यक्ष गन्जबहादुर आले, मर्दीखोला समाज युकेका अध्यक्ष चन्द्रसिङ गुरुङ, गोर्खाली समाज युकेका सचिव हिमालादेवी गुरुङ, मेन्दोमाया समाज युकेका उपाध्यक्ष तुलबहादुर तामाङ, गोर्खा जिल्ला गुरुङ समाज युकेका उपाध्यक्ष मिनकुमार गुरुङ, लमजुङ समाज युकेका उपाध्यक्ष पूर्णराज गुरुङ, थाउजन्ड बुद्ध युकेका कोषाध्यक्ष सुरेन्द्र गुरुङ, बीसीसी लन्डन ब्रान्चका अध्यक्ष गोपाल तामाङ, थान्कोडाँडा समाज युकेका अध्यक्ष कन्यप्रसाद गुरुङ, रोयल ग्रीनवीच नेप्लिज एसोसिएसनका युकेका संरक्षक हरिगोविन्द गुरुङ, आईएमई लन्डनका निर्देशक कमल पौडेल, ए स्टार फाईनानसियल सोलुसन युकेका निर्देशक मिन दर्लामी, तमु धिं एसोसिएसनका यूकेका पूर्बअध्यक्ष सुबसिङ गुरुङ बिईएम, गोर्खा नेप्लिज वेलफेयर सोसाईटी युकेका उपाध्यक्ष विष्णु गुरुङ, मगर संघ युकेका मिडिया सेक्रेटरी किशोर राना, एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापा, नेपाल पत्रकार महा संघ यूकेका संस्थापक अध्यक्ष तथा कान्तिपुर पब्लिकेसनका बेलायत संवाददाता नबिन पोखरेल, पत्रकार ईन्द्र गुरुङ र एभरेष्ट क्यास एण्ड क्यरिका प्रोपाईटर आशबहादुर गुरुङलगायत अतिथिहरु थिए । बृहत् ल्होछार कार्यक्रममा समाजका सदस्यहरु, परिवार र नेपाली तथा तमु समुदायको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न समाजका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारिहरु, आजीवन सदस्यहरु, सदस्यहरु, युवा समूह, आमा समूहका साथै र समाजको शुभेच्छुकहरुले महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए ।
हि ल्होछार सेलेब्रेसन सांस्कृतिक कार्यक्रममा उत्कृष्ट नृत्यहरुको प्रस्तुति गरेका कलाकारहरु सरु गुरुङ राना, माया गुरुङ, बिन्दु घले, बिमला गुरुङ, टिका गुरुङ, रितु गुरुङ, सिद्धार्थ गुरुङ, गौरव गुरुङ, प्रजु गुरुङ, सुजिता गुरुङ, ओसिअन राना, सुमि गुरुङ, जरिना गुरुङ, दिया लिम्बु, निया राई, गिरिसा काफ्ले, मनकुमारी गुरुङ, सुबिना घले, अर्जुनकुमार गुरुङ, केदारबहादुर गरुङ, उदय गुरुङ र अतिथि कलाकारद्वय पृथ्वीमान गुरुङ र जुना श्रीस मगरलाई धन्यवाद ब्यक्त गर्दै खादा र कदरपत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा टेकबहादुर गुरुङ र शिवराज गुरुङले फोटोग्राफी गरेका थिए भने भिडियोग्राफी बिसन गुरुङ र साउण्ड सिस्टमको ब्यबस्थापन बिशाल मोक्तान र प्रज्वल गुरुङले गरेका थिए । यसैगरी कार्यक्रममा खाना तथा पिउने पदार्थको सम्पूर्ण ब्यबस्थापन रारा केटर्सका प्रोपाईटर प्रताप रायमाझी र सहयोगीहरुले गरेका थिए ।
दिउँसो ४ :३० बजे आरम्भ भएको हि ल्होछार कार्यक्रमको अन्तमा सबै जनाले बिशाल मोक्तानको डिजेमा आफूखुशी नाचेर मध्यरातसम्म भरपुर मनोरन्जन लिएका थिए ।