पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षमा श्रीजङ तमु निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न २३औँ साधारणसभा तथा नवौँ अधिवेशनले तमुको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा भेषबहादुर तमु, द्वितीय उपाध्यक्षमा ओमबहादुर तमु, सचिवमा कन्चन तमु, सहसचिवमा लोकबहादुर तमु, कोषाध्यक्षमा श्यामबहादुर तमु र सहकोषाध्यक्षमा लक्ष्मी तमु रहेका छन् ।
सदस्यमा धनकुमारी तमु, मणिलाल तमु, पूर्णकुमारी तमु, बिलबहादुर तमु, मायाकुमारी तमु सर्वसम्मत निर्वाचित भएका छन् । दुई जना सदस्य कार्य समितिले मनोनीत गर्नेछ ।

निर्वाचन समितिमा संस्थापक उपाध्यक्ष, अक्षयकोष दाता एवं सल्लाहकार दुर्गाबहादुर तमुको संयोजक तथा रेडियो नेपाल प्रादेशिक प्रसारण गण्डकी पोखराका प्रमुख एवं आजीवन सदस्य शान्ति तमु र कानूनी सल्लाहकार कर्णबहादुर तमु सदस्य थिए ।
कानूनी सल्लाहकार एवं प्रमुख अतिथि कर्णबहादुर तमुले संस्थाले समुदायमा शिक्षा क्षेत्रमा पुर्याएको योगदानबाट आफू प्रभावित भएर कविता वाचन गरेका थिए ।
कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहकार हुम तमु, तमु धीं यूकेका पूर्वअध्यक्ष तथा प्रतिष्ठानका अक्षयकोषदाता मुक्षेत्र तमु, गुरुङ साहित्यिक मञ्चका संस्थापक अध्यक्ष एवं प्रतिष्ठानका आजीवन सदस्य गौरी तमु, तमु प्रतिष्ठान नेपाल विद्यार्थी मञ्चका अध्यक्ष सुदिप तमु र प्रथम उपाध्यक्ष श्रीजङ तमुले मन्तव्य राखेका थिए ।

संस्थाका सचिवले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव कन्चन तमुले सञ्चालन गरेका थिए ।