पोखरा । एलजी एसोसिएसन यूकेले कास्कीको पोखरा महानगरपालिका-९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । विद्यालयमा एक कार्यक्रमका बिच आइतबार ५ थान कम्प्युटर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा विशेष अतिथिद्वय एलजी एसोसिएन नेपालका अध्यक्ष डम्बरजंग गुरुङ र एलजी एसोसिएसन नेपालका वरिष्ठ सल्लाहकार सुनिल गुरूङले ८० हजार रुपैयाँ बराबरको ५ थान कम्प्युटर विद्यालयलाई सामूहिक रुपमा हस्तान्तरण गरे । सहयोग गर्न पाउँदा खुसी लागेको एलजी एसोसिएसन नेपालका अध्यक्ष डम्बरजंग गुरुङले बताए ।
पोखरा ९का वडाअध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य दिएकी थिइन् । विद्यालयको भौतिक, सामाजिक र शैक्षिक अवस्थाबारे समेट्दै सहयोगी दाताहरु र अतिथिहरुलाई स्वगत गरेकी थिइन् ।
मन्तव्यका क्रममा वरिष्ठ सल्लाहकार सुनिल गुरुङले एलजी एसोसिएसन नेपालको विभिन्न देशहरुमा शाखा रहेको जनाउँदै यूके, हङकङ, जापान, अष्ट्रेलिया लगायतका शाखाहरुद्वारा विभिन्न सामाजिक कार्यहरुमा सहभागी भइरहेको उल्लेख गरे । उनले एलजी फेष्ट यूकेका संयोजक राजेन्द्र गुरुङ (कान्छा) लाई स्मरण गर्दै एलजी एसोसिएसन यूकेका सदस्यहरु एवम् एलजी परिवारलाई धन्यवाद दिए । विशेषगरी एलजी एसोसिएसनको पहलमा हुने एलजी फेष्टअन्तर्गत विभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्ने गरेको जनाउँदै उक्त सांस्कृतिक कार्यक्रममा संकलित रकमद्वारा विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष दिपेन्द्र मर्सानीले दाताहरुप्रति आभार व्यक्त गर्दै एलजी एसोसिएसन परिवारलाई वडासँग पनि समन्वय गरी आगामि दिनहरुमा कार्यक्रम गर्न उत्सुक रहेको बताए ।

कार्यक्रमको समापनका क्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विक्रम थकालीले सहयोगी दाताहरुप्रति धन्यवाद व्यक्त गर्दै प्रदान गरेको कम्प्युटरमार्फत विद्यार्थीहरुको शिक्षण सिकाई र आधुनिक विश्वसँग परिचित हुन प्रभावकारी हुने बताए ।
सोही क्रममा एलजी एसोसिएसन नेपाल एन्फा प्रेसिडेन्ट कपमा सहभागिताका लागि गण्डकी प्रदेशबाट छनौट हुन सफल भएकोमा बधाई व्यक्त गर्दै सफलताका लागि शुभकामना प्रकट गरे ।
त्यसैगरी एलजी फेष्ट यूकेद्वारा सञ्चालित कार्यक्रममा सहभागी दर्शक, कलाकारहरुलाई धन्यवाद ज्ञापन गर्दै एलजी एसोसिएसन नेपालको संस्थापक तथा एलजी फेष्ट यूकेका संयोजक राजेन्द्र गुरुङ (कान्छा)लगायत टिमका सम्पूर्ण सदस्यहरुको योगदानको प्रशंसा गरे ।
विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा सहयोगी दाताहरु, एलजी एसोसिएसन नेपालका पदाधिकारीहरु, एन्फा कास्कीका अध्यक्ष उज्वल रञ्जित, विद्यालयका सल्लाहकारहरु, समिति पदाधिकारी, सहारा क्लबका अध्यक्ष केशवराज बराल, पूर्वअध्यक्ष तथा वर्तमान एवम् निवर्तमान पदाधिकारीहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, छिमेकी टोल विकास संस्था तथा आमा समूहका पदाधिकारीहरु, अभिभावक, शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
-1754385801.jpg)