पोखरा । तमु धीं नेपाल मादी गाउँपालिका भेलाले मादी ३ याङ्जाकोटका युवा समाजसेवी इन्द्रबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
भेलाले १९ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । उपाध्यक्षमा मादी ६ का नारायण गुरुङ , मादी १२ का चित्रबहादुर गुरुङ , मादी २ की अनुराधा गुरुङ, सचिवमा मादी १ का टिकाराम गुरुङ, सहसचिव मादी ३ का हेमाकुमारी गुरुङ, कोषाध्यक्षमा वडा नं ५ का क्याप्टेन प्रेमबहादुर गुरुङ, सहकोषाध्यक्षमा वडा नं १० का वेदबहादुर गुरुङ चयन भएका छन् ।
सदस्यहरूमा मादी १ बाट ननसुब्बा गुरुङ र दिलमाया गुरुङ, मादी २ बाट शकुन्तला गुरुङ, मादी ३ सबिना गुरुङ र खरमाया गुरुङ, मादी ५ बाट नरबहादुर गुरुङ र किरण गुरुङ, मादी ९ बाट विष्णुभक्त गुरुङ, मादी ११ रिदान गुरुङ र मादी १२ बाट शोभा गुरुङ चयन भए । यसरी नै मादी २ बाट मोतिप्रसाद गुरुङ र ७ बाट चन्द्रबहादुर गुरुङ सल्लाहकारमा मनोनयन भएका छन् ।

नवनिर्वाचित कार्य समितिलाई तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । निर्वाचित कार्य समितिलाई प्रमुख अतिथि मादी गाउँपालिका अध्यक्ष देविजंग गुरुङ, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङलगायतले फेटा, भाङ्रा, खादा टिकाले बधाई ज्ञापन गरे ।
नवनिर्वाचित अध्यक्ष गुरुङले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै तमुहरूलाई एकताबद्ध गर्दै अधिकार प्राप्तिको लागि जुट्ने प्रतिबद्धता जनाए ।
मादी गाउँपालिकाको सहयोगमा भएको उक्त कार्यक्रमको अध्यक्षता तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले गरेका थिए । स्वागत मन्तव्य द्वितीय उपाध्यक्ष नारायण गुरुङले राखेका थिए ।

पहिलो सत्रको सञ्चालन महासचिव जुना गुरुङ र दोस्रो सत्र सञ्चालन केन्द्रीय सदस्य श्रीजंग गुरुङले गरेका थिए । सहयोगका लागि मादी गाउँपालिकालाई तमु धीं नेपालले धन्यवादसहित सम्मानसमेत गरेको छ ।