काठमाडौँ । नेपालका प्रधामन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्मित ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीलाई नियमित रूपमा प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न प्रशिक्षण स्थलको रूपमा नेसनल हाइ पर्फमेन्स सेन्टरको स्थापना गरेको हो ।
सेन्टरमा एकै पटक १०० भन्दा बढी खेलाडीले अभ्यास गर्न सक्नेछन् । सेन्टरमा खेलकुद क्षेत्रलाई आवश्यक पर्ने अत्याधुनिक प्रविधिसहितका ३१ उपकरण राखिएको छ ।
यी उपकरण अमेरिका, बेलायत, जर्मनी, दक्षिण कोरियालगायत देशबाट ल्याइएको हो । उपकरणहरूमा एक्स बडी मशिन, फोर्स फ्रेम, फोर्स डेस्क, एसभीटी मशिन, ईएमजी इक्विपमेन्ट, ल्याक्टिक एसिड एनालाइजर, बीएफआर इक्विपमेन्ट, डाइनामो इक्विपमेन्ट, ह्युमन ट्र्याक इक्विपमेन्ट, भीओटु म्याक्स इक्विपमेन्ट, टाइमिङ गेट इक्विपमेन्टलगायत रहेका छन् ।
उक्त उपकरणले खेलाडीमा देखिएको समस्या र कमीकमजोरी पत्ता लगाउन सहयोग पुग्ने राखेपको विश्वास छ ।