Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • पञ्चकोशी समाज यूकेको वार्षिक भेला, धिरजको अध्यक्षतामा सातौँ कार्य समिति चयन
पञ्चकोशी समाज यूकेको वार्षिक भेला, धिरजको अध्यक्षतामा सातौँ कार्य समिति चयन
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, असार २३, २०८२

बेलायत । श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको वार्षिक भेला ५ जुलाई, शनिबार अल्डरवुड लेजर सेन्टर, अल्डरसटमा भव्य रूपमा सम्पन्न भएको छ । भेलाले अध्यक्षमा धिरज गुरुङको अध्यक्षतामा सातौँ कार्य समिति चयन गरेको छ । 

उपाध्यक्षमा कमल गुरुङ, सचिवमा प्रसन्न गुरुङ, कोषाध्यक्षमा कमल गुरुङ, खाद्य संयोजकमा बुद्धि गुरुङ, सांस्कृतिक सचिवमा पूजा गुरुङ  र सम्पत्ति सचिवमा गौतम गुरुङ चयन भएका छन् । भेलाले नयाँ समाजको भावी कार्यदिशा समेत निर्धारण गरेको छ ।

514483422_1432055401379942_7350356769143793118_n-1751904036.jpg
समाजका अध्यक्ष जङ्गबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव प्रसन्न गुरुङले गरेका थिए । प्रमुख अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, नेपालबाट आएका धर्मगुरु बज्र आचार्य दोर्जे लोपेन जन्त गुरुङ लामा तथा समाजका ज्येष्ठ सदस्य राजकुमारी गुरुङ, अकला देवी गुरुङ, पूर्णबहादुर गुरुङ र संस्थापक अध्यक्ष कृष्णप्रसाद गुरुङको संयुक्त उपस्थितिमा दीप प्रज्वलन गरेर शुभारम्भ गरिएको थियो । 

नेपाल र बेलायतमा गत वर्षदेखि यस वर्षसम्म दिवंगत भएका सदस्यको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो । उपाध्यक्ष गोपाल गुरुङले स्वागत मन्तव्य राख्दै वार्षिक भेलाको औचित्य, उद्देश्य र समाजका गतिविधिबारे प्रकाश पारे । 

Sanvi jeeler
Maoustail service

514045164_1065840099003712_4223038040274307526_n-1751904061.jpg
भेलाको अवसरमा समाजले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने सदस्यहरूलाई सम्मान गरेको थियो ।  नवप्रवेशी सदस्यहरूलाई स्वागत गर्नुका साथै ज्येष्ठ नागरिकको सम्मान गरियो । उच्च शिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, सैनिक सेवामा पदोन्नति प्राप्त सदस्य र नव विवाहित दम्पतीलाई पनि सम्मान गरिएको थियो । समाजका अध्यक्ष गुरुङले खादा, पुष्पगुच्छा र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए । 

नेपालबाट आएका साङ ङाग दोर्जे छ्योईलिङ गुम्बाका मूलगुरु बज्र आचार्य लोपेन जन्त गुरुङलाई विशेष स्वागत तथा सम्मान गरिएको थियो । बेलायतमा भए पनि आफन्तसँग बसेर गाउँकै अनुभूति भएको उनको भनाइ थियो । उनले आफ्नी दिवंगत आमाको स्मृतिमा समाजलाई ५०५ पाउन्ड आर्थिक सहयोगसमेत प्रदान गरे । 

517245268_612483848088164_6210029299723958416_n-1751904097.jpg
प्रमुख अतिथि एवं तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र धर्मपत्नी तथा तमु धीं यूके आमा समूहकी अध्यक्ष कमला गुरुङलाई पनि खादा, फेटा, दोसल्ला र पुष्पगुच्छासहित स्वागत तथा सम्मान गरिएको थियो । गुरुङले आफ्नो हालैको नेपाल भ्रमणको अनुभव सुनाउँदै आर्थर डाँडाखर्क गाउँको ऐतिहासिक गुम्बा अवलोकन, स्थानीयको सद्भावपूर्ण स्वागत, र समाजको सहयोगप्रति आभार व्यक्त गरे । 

उनले श्री पञ्चकोशी समाज पोखराका अध्यक्ष कमल गुरुङ र समाजकी चेली श्रीमती मञ्जु गुरुङ राईलाई नेपाल भ्रमणका क्रममा उत्कृष्ट व्यवस्थापनका लागि धन्यवादसमेत दिए । सन् २०२५ मा तमु धीं यूकेद्वारा आयोजना गरिने नेपाली मेलामा समाजका सम्पूर्ण सदस्यलाई सहभागिता जनाउनसमेत उनले आह्वान गरे । 

समाजका अध्यक्ष गुरुङले छैटौँ कार्यसमितिको कार्यकालमा गुम्बा पुनर्निर्माणमा ५ लाखभन्दा बढी सहयोग, पोखरामा उपचाररत पीडितलाई सहयोग र बेलायतमा नेपाली समुदायको सुख-दुःखमा निरन्तर साथ दिएको जानकारी गराउँदै नयाँ कार्य समितिलाई बधाई र शुभकामना दिए । 

514303614_1448747626574822_1164339726158467951_n-1751904121.jpg
कार्यक्रममा राष्ट्रिय कलाकार बलचन्द्र बराल र अनुपा मगरले विशेष प्रस्तुति दिएका थिए । स्थानीय कलाकार मिरा गुरुङ, युवारानी गुरुङ, साया गुरुङ, पूजा गुरुङ र सम्झना गुरुङले सांस्कृतिक प्रस्तुति दिएका थिए । डिजे टंक सेरचनको संगीतमा पनि सहभागीहरू झुमेका थिए । 

सांस्कृतिक सचिव पूजा गुरुङ र कोषाध्यक्ष सालिकराम गुरुङको संयोजनमा आकर्षक राफल ड्र सञ्चालन गरिएको थियो । जसमा १० वटा नगद तथा उपहार प्रदान गरियो ।

अन्त्यमा अध्यक्ष गुरुङले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । आर्थिक सहयोगदाता, व्यवस्थापन टिम, फोटोग्राफर गौतम गुरुङ, डिजे टंक शेरचन, गोर्खा किचेन केटरिङ टिमलगायत सबै स्वयंसेवकलाई उनले धन्यवाद दिए । खानाको संयोजन खाद्य संयोजक बुद्धि गुरुङले गरेका थिए भने पेय व्यवस्थापन अध्यक्ष गुरुङले गरेका थिए । 

513991765_1354899032275843_5560147327358027044_n-1751904148.jpg
सन् २००८ मा स्थापना भएको श्री पञ्चकोशी समाज यूके पर्वतको आर्थर डाँडाखर्क गाउँका प्रवासी नेपालीलाई संगठित गर्दै आपसी सहयोग, संस्कृतिको संरक्षण र एकताको प्रवर्द्धन गर्दै आइरहेको गैर-नाफामूलक संस्था हो । 

515258983_1433063714485226_162945671160416952_n-1751904292.jpg
 


प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा शुक्रबार, साउन १६, २०८२
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने बिहीबार, साउन १५, २०८२
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ 
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ  बुधबार, साउन १४, २०८२
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी बुधबार, साउन १४, २०८२
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा 
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा  बुधबार, साउन १४, २०८२
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने,  ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने, ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके बुधबार, साउन १४, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्