पोखरा । तमु धीं नेपाल पर्वतको जिल्ला भेलाले दुर्लुङका प्रभु गुरुङको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।
सदरमुकाम कुस्मामा सम्पन्न भेलाबाट उपाध्यक्षमा क्षितिज गुरुङ, सचिवमा दुर्लुङका प्रितम गुरुङ, सहसचिवमा चित्रेका महेन्द्र गुरुङ, कोषाध्यक्षमा फलेवासकी रेवती गुरुङ सर्वसम्मत निर्वाचित भएका हुन्।
सदस्यहरूमा बाजुङका भीमबहादुर गुरुङ, विहादीका गणेश गुरुङ, बालाकोटका धनप्रसाद गुरुङ, दुर्लुङका अशोक (प्रेम कुमार गुरुङ), लामेका सु.डम्बर बहादुर गुरुङ, कुस्माकी पार्वती गुरुङ, खाल्टेका दिलीप कुमार गुरुङ, चित्रेका जयप्रकाश गुरुङ, भँगराका सागर गुरुङलगायत रहेका छन्।
सल्लाहकारमा इच्छाबहादुर गुरुङ, प्रवीण गुरुङ, टेकवहादुर गुरुङ (आनन्द गुम्वा), टेकबहादर गुरुङ (मोदी १), महेन्द्र कुमार गुरुङ, राजदेव गुरुङ छन्।
नवनिर्वाचित कार्यसमितिलाई तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए। विशेष अतिथि इच्छाबहादुर गुरुङ, टेकबहादुर गुरुङ, क्या.ठाकुरप्रसाद गुरुङ, कुमार गुरुङ, तमु धीं नेपालका सचिव जुमकाजी गुरुङ, केन्द्रीय सदस्य बिना गुरुङलगायतले बधाईका साथै प्रमाणपत्र वितरण गरेका थिए।
भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि बिहादी गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जातिभन्दा ठूलो पार्टी हुन नसक्ने भएकाले राजनीतिक विचार, आस्था फरक फरक भए पनि पर्वतका तमुहरू तमु धींमा गोलबन्द हुनुपर्नेमा जोड दिए। तमु धीं नेपालका अध्यक्ष कर्म तमुप्रति सम्मान व्यक्त गर्दै उनले तमुहरूको एकता, मौलिक पहिचान, कला संस्कृति संरक्षणका साथै समयानुकूल परिमार्जित हुनुपर्नेमा जोड दिए।

विशेष अतिथि राप्रपाका केन्द्रीय सदस्य इच्छाबहादुर गुरुङले तमु धीं नेपालको स्थापनाका उद्देश्य, संघर्ष, योगदान र भूमिकाका बारेमा चर्चा गरे। तमुहरूको एकताको अभियानमा तमु धींले सफलता पाउने उनले विश्वास गरे।
नवनिर्वाचित अध्यक्ष प्रभु गुरुङले आफूलाई लामो इतिहास बोकेको तमु धीं नपाल पर्वतको नेतृत्वको जिम्मेवारी प्राप्त भएको खुशी व्यक्त गरे। पर्वतका सम्पुर्ण तमुहरू संगठित गर्दै उदाहरणीय कार्य गर्न आफ्नो कार्यसमिति सक्रिय रहने उनले प्रतिबद्धतासमेत व्यक्त गरे।
यसरी नै तमु धीं नेपाल पर्वतका सल्लाहकार महेन्द्रकुमार गुरुङले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको भेलामा स्वागत द्धितीय उपाध्यक्ष नारायण गुरुङले स्वागत र कृष्णकुमार गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा तमु धीं नेपाल केन्द्रीय युवा समिति र चारभञ्ज्याङ तमु समाज पोखरा युवा समितिले नृत्य प्रस्तुतिका साथै वरिष्ठ संस्कृतिकर्मी कृष्णकुमार गुरुङ पर्वतका पुराना गीत प्रस्तुत गर्दै मनोरञ्जन दिलाएका थिए ।