लन्डन । तमुधीं लन्डन इकाईले सदस्य, सहयोगी र शुभचिन्तकहरुलाई बेलायतको ऐतिहासिक र पर्यटकीय आकर्षक गन्तव्य 'सेभेन सिस्टर्स'भ्रमणमा लैजाने भएको छ ।
सामूहिक भ्रमण गरेर आत्मियता र सद्भाव वृद्धि गराउने उद्देश्यले यही शनिबार १४ जून २०२५ मा प्रख्यात सामुन्द्रीक इलाका 'सेभेन सिस्टर्स' एकदिने भ्रमण गर्न लागेको तमुधीं लन्डन इकाईका अध्यक्ष भरत गुरुङ र आमा समूह अध्यक्ष देवकला गुरुङले जानकारी दिएका छन् ।
'संस्थाले यसरी एकदिने भ्रमण गर्नुको मुख्य उद्देश्य बेलायतको व्यस्त जीवनमा समुयानुकूल आ-आफ्नो परिवारको साथ होलिडे जाने कल्चर नै हो तर हाम्रा सबै सदस्य तथा शुभचिन्तकहरु यसरी सामूहिक भ्रमण गर्दा एक आपसमा अझै घनिष्ट आत्मियता अनि सद्भावको समय पनि सॅंगै बेतित गर्न पाईने,विशेष समाज समुदायमा सामाजिक कार्यमा सॅंधै तल्लिन रहॅंदा आयोजकको तर्फबाट अनौपचारिक धेरैलाई धन्यवाद भन्न पनि नभ्याइने,कतिपय चाहँदा सदस्यहरुको सॅंगै छुट्टी मिलाउन असमर्थ यी सबै कुराहरुलाई मनन् गरी यस भ्रमणको तय गरिएको हो,' अध्यक्ष गुरुङले भने ।
यस भ्रमणाले गर्दा संस्था, समुदायमा भईपरी आउने सुख, दुःखमा सजिलै सम्पर्कमा रही सहयोग गर्न सकिने सहज उपाय पनि रहने उनले बताए । आयोजकका अनुसार भ्रमणको दिन बिहान ८ बजे साउथ ह्यारो ट्यूव स्टेसनको नर्थहोर्ट लेजर सेन्टरको कारपार्कबाट बस गन्तव्यतर्फ लाग्ने छ । बेलुकी ५ बजे फर्कने कार्यक्रम छ ।
कार्यक्रमको तयारी पूरा भइसकेको जनाउँदै भ्रमणमा जानेहरुको नामावली दुई हप्ताको समयावधिमै सयभन्दा बढीको संकलना भइरहेको आयोजकले जनाएको छ । सहभागीहरुको आकर्षणले भ्रमण ऐतिहासिक र रमणीय रहने आयोजक समूह विश्वस्त देखिन्छ ।
भ्रमणमा जानेहरुका लागि ४८ सिटरको कोच (बस) रिजर्भ गरिसकेको छ । ती बसका सबै ९६ सिट अग्रिङ बुकिङ भइसकेको इकाईका अध्यक्ष गुरुङले बताए ।
बसमा सीमित सिट रहेकाले सॅंगै यात्रा गर्न असमर्थ सदस्यहरु आ-आफ्नै तर्फबाट सवारी साधन मिलाउने र गतव्यमा भेट्ने कार्यक्रम रहेको आयोजकको भनाइ छ ।