काठमाडौं । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को अध्यक्षमा धनमान गुरुङ निर्वाचित भएका छन् । पाँचौं महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मंगलबार बिहान सार्वजनिक नतिजाअनुसार प्रतिस्पर्धी रनबहादुर (आर.बी.) गुरुङलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित धनमानले २४५ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी रनबहादुर गुरुङले १३८ मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा डम्बरबहादुर गुरुङ १८४ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षहरु केशरमान गुरुङ, नरबहादुर गुरुङ, बिमला गुरुङ, श्रीप्रसाद गुरुङ, मनोज गुरुङ, डीबी गुरुङ चयन भएका छन् । महिला उपाध्यक्षमा भने देवकुमारी गुरुङ निर्विरोध भइन् ।
महासचिवमा भने अधिवक्ता राजु गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौँमा जेठ १०, ११ र १२ गते अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ ।

नयाँ कार्यसमिति
अध्यक्ष : धनमान गुरुङ (२४५)
वरिष्ठ उपाध्यक्ष : डम्बरबहादुर गुरुङ (१८४ मत)
उपाध्यक्ष : श्रीप्रसाद गुरुङ : (२५४ मत)
उपाध्यक्ष : नरबहादुर गुरुङ : (२२७ मत)
उपाध्यक्ष : डी.बी. (दिल) गुरुङ : (२२७ मत)
उपाध्यक्ष : मनोज गुरुङ : (२१७ मत)
उपाध्यक्ष : विमला गुरुङ : (३०१ मत)
उपाध्यक्ष : केशरमान गुरुङ : (२०८ मत)
उपाध्यक्ष : देवकुमारी गुरुङ : (निर्विरोध)
महासचिव : अधिवक्ता राजु गुरुङ (निर्विरोध)
सहमहासचिव : गोपाल गुरुङ (निर्विरोध)
उपमहासचिव : विष्णुमाया गुरुङ (निर्विरोध)
सचिव : कमला गुरुङ (महिला) – निर्विरोध
सचिव :मिलन कुमार गुरुङ (२०३ मत)
सचिव : लोकबहादुर गुरुङ (१८१ मत)
सचिव :पूर्णबहादुर गुरुङ (२०५ मत)
कोषाध्यक्ष: इञ्जिनियर गंगाबहादुर गुरुङ (निर्विरोध)
सहकोषाध्यक्ष: टिकाराम गुरुङ (निर्विरोध)
प्रदेश प्रमुखहरू सबै निर्विरोध
प्रदेश १ (कोशी): आनन्द गुरुङ
प्रदेश २ (मधेश): एकबहादुर गुरुङ
प्र.३ (बागमती) : विमला देवी गुरुङ
प्रदेश ४ (गण्डकी): जितबहादुर गुरुङ
प्रदेश ५ (लुम्बिनी) : झपटबहादुर गुरुङ
काठमाडौं उपत्यका प्रमुख: धर्मराज (राजु) गुरुङ (निर्विरोध)
सचिवालय सदस्यहरू:
निर्मला गुरुङ (निर्विरोध)
रंगबहादुर गुरुङ (निर्विरोध)
केन्द्रीय सदस्य (खुला) पदमा निर्वाचित:
तुलाराम गुरुङ, धिरज गुरुङ, बलिमान गुरुङ, एम. वि. लामा गुरुङ, झमकराज गुरुङ, मानकाजी गुरुङ, मित्रकुमार गुरुङ, राजेन्द्रबहादुर गुरुङ, पेमा गुरुङ, प्रजनबहादुर गुरुङ, इमानसिंह गुरुङ, रामबहादुर (अक्कल विराही) गुरुङ, जगबहादुर गुरुङ, धनबहादुर गुरुङ, महेन्द्रकुमार गुरुङ, मोहनबहादुर गुरुङ, शम्भु गुरुङ, गंगा गुरुङ — (सबै निर्विरोध)
अनुशासन ७ का तमु संघ/संस्थाबाट निर्वाचित केन्द्रीय सदस्यहरू: (सबै निर्विरोध)
खेमकुमार गुरुङ
सरला घले
कृष्णराज (कुमार) गुरुङ
डम्बरबहादुर गुरुङ
टिकाराम गुरुङ
धार्मिक संस्था प्रतिनिधि (तमु बौद्ध): रविन गुरुङ (निर्विरोध)
तमूवान विशेष क्षेत्र प्रतिनिधिहरू: (सबै निर्विरोध)
यमु गुरुङ
जगतकाजी गुरुङ
धनप्रसाद गुरुङ
नरबहादुर गुरुङ
रुपबहादुर गुरुङ
आरक्षित महिला कोटा अन्तर्गत निर्वाचित सदस्यहरू:(सबै निर्विरोध)
शर्मिला गुरुङ
टिचन गुरुङ
आशा गुरुङ
दिलमाया गुरुङ
निर्वाचन समिति:
संयोजक: आई बहादुर गुरुङ
सदस्य: सन्तोषबहादुर गुरुङ, शारदा गुरुङ