Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
मातृभूमि नेपाल
  • Home
  • मातृभूमि नेपाल
  • एनआरएनएको नयाँ कार्य समितिले लियो शपथ
एनआरएनएको नयाँ कार्य समितिले लियो शपथ
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता आइतबार, वैशाख २१, २०८२

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको नयाँ कार्य समितिले शपथ ग्रहण गरेको छ ।  

काठमाडौँमा आइतबार आयोजित एक समारोहमा प्रमुख निर्वाचन आयुक्त गोपालकृष्ण घिमिरेले नयाँ कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । एनआरएनए उच्चस्तरीय समितिद्वारा ३-४ मे २०२५ मा काठमाडौँमा आयोजित महाधिवेशनबाट अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोजकुमार श्रेष्ठ, विश्वासदीप तिगेला लिम्बू, बुद्धिसागर सुवेदी र जानकी गुरुङ चयन भएका छन् । 

त्यस्तै महासचिवमा बाबुराम लामा, सचिवमा टंकप्रसाद गैरे, चिन्तामणि सापकोटा, तिलकप्रसाद गैरे र देवकी खत्री गुरुङ निर्वाचित भए । कोषाध्यक्षमा ठाकुरप्रसाद ढुङ्गाना, सहकोषाध्यक्ष माकृष्णप्रसाद पोखरेल, महिला संयोजकमा रश्मी थापा, युवा संयोजकमा भीमसेन थापा चयन भएको निर्वाचन समितिले जनाएको छ ।  

महाधिवेशनले क्षेत्रीय संयोजक र उपसंयोजक पनि चयन गरेको छ । जसमा एसिया प्रशान्तको संयोजक डा. बलराम श्रेष्ठ, युरोपमा प्रेमबहादुर गुरुङ, मध्यपूर्वमा रमेश श्रेष्ठ, उत्तर दक्षिण अमेरिकामा ढिलुराम पराजुली, ओसियानामा इर्सद अहमद रहेका छन् । 

सर्वोच्च अदालतबाट २०८० चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले सम्पूर्ण गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा रहेको एनआरएनमा उत्पन्न सम्पूर्ण गतिरोधलाई निकास दिन भन्दै ब्युँताइएको शेष घलेको नेतृत्वको उच्चस्तरीय समितिले यो महाधिवेशन गराएको हो ।

१०औँ महाधिवेशनको प्रतिनिधि चयनमा विवाद भएपछि २०७८ माघ १ गते तत्कालीन अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको ८१औँ बैठकले तत्कालीन संरक्षक शेष घलेको संयोजकत्वमा उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र कुमार पन्त रहेको ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । यसलाई नै अदालतले ब्युँताइदिएको हो । 

यो महाधिवेशनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी र उनको कार्यसमिति, संस्थापक अध्यक्ष उपेन्द्र महतोसहितका संस्थापकको सहभागिता र संलग्नता छैन । केसी पक्षले आफ्नो कार्य समितिको पदावधि २०८२ कात्तिक ४ गतेसम्म रहने दाबी गरेको छ ।

एकता महाधिवेशनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको निर्णय अनुसार नै गैरआवासीय नेपाली संघको एकता महाधिवेशन भएको बताइन् । 

एनआरएनएको नयाँ कार्यसमितिको शपथ समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए । उनले कार्यक्रममा सम्बोधन गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘मुलुकको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरूको भूमिका अतुलनीय छ, अबका दिनमा पनि नेपालको आर्थिक विकासमा तपाईंहरूको भूमिका थप महत्त्वपूर्ण हुने अपेक्षा गरेको छु ।’

उनले आफ्नै नेतृत्वको सरकारले एनआरएनएलाई नागरिकता प्रदान गरेको उल्लेख गर्दै थप हितका निम्ति आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । अध्यक्ष दाहालले गैरआवासीय नेपालीको ज्ञान सीप नेपालको हितमा प्रयोग गर्न आग्रह गरे ।


प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २२:१९
प्रतिक्रिया दिनुहोस्
थप मातृभूमि नेपाल
कोशी सीप उत्सव: यादव, कोइराला र सोनाम बने स्किल्स आइकन
कोशी सीप उत्सव: यादव, कोइराला र सोनाम बने स्किल्स आइकन आइतबार, जेठ ११, २०८२
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै आइतबार, जेठ ११, २०८२
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि शनिबार, जेठ १०, २०८२
काठमाडौँमा एभरेस्ट समिटर्स समिट: बेलायतसहित विभिन्न देशका आरोही सहभागी हुने
काठमाडौँमा एभरेस्ट समिटर्स समिट: बेलायतसहित विभिन्न देशका आरोही सहभागी हुने शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार शुक्रबार, जेठ ९, २०८२
एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र
एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र बिहीबार, जेठ ८, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्