काठमाडौँ । नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि र विभिन्न देशका राजदूतले बिहीबार ललितपुरको पुलचोक पुगेर वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ यात्रा अवलोकन गरेका छन् ।
ललितपुर महानगरपालिकाको निमन्त्रणामा उनीहरू रथ यात्रा अवलोकन गर्न पुलचोक पुगेका हुन् । रथ यात्राको अवलोकनका लागि विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि पनि आएका थिए ।
रथयात्रा हेर्न ललितपुर आएका विदेशी पाहुनालाई महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलगायतले स्वागत गरेका थिए ।
युरोपेली युनियनका राजदूत भेरोनिका लोरेन्जो, इजरायलका राजदूत श्मुलिक एरीबास, जापानका राजदूत मेडा तोरु, बेलायतका राजदूत रब फेन, अमेरिकी दुतावासका पब्लिक अफियर्स चिफ जेहरा नाक्यूभीलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी भगिनी सम्बन्ध कायम भएको रसियाको उलान उदे सहरका नगर प्रमुख र उनको प्रतिनिधि मण्डल पनि रथ यात्रा अवलोकनमा सहभागी भएको थियो । ललितपुर महानगरका प्रमुख चिरीबाबु रातो मच्छिन्द्रनाथको परिचय र चर्चालाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइ दिन राजदूत र अन्तर्राष्ट्रिय विकास साझेदार संस्थालाई निम्तो दिएको बताए ।
गावहाल सुनधारा हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई बुङमती पुर्याइन्छ ।