Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
मातृभूमि नेपाल
  • Home
  • मातृभूमि नेपाल
  • फोटोमार्फत सराङकोट धार्मिक क्षेत्रको प्रचारमा जोड
फोटोमार्फत सराङकोट धार्मिक क्षेत्रको प्रचारमा जोड
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बुधबार, चैत १३, २०८१

पोखरा । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रको फोटोमार्फत प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको टोली सराङकोट पुगेको छ ।

सारङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण केबलकारको सहकार्यमा ‘सराङकोट एट फोटो पत्रकार’ कार्यक्रम लिएर सोमबार एनपीजेएको टिम सराङकोट पुगेको हो । संघका अध्यक्ष राम गुरुङको नेतृत्वमा गएको टोलीले धार्मिक क्षेत्रको फोटो तथा भिडियो कैद गरेका थिए । 

फोटो पत्रकारले खिचेका फोटोको माध्यमबाट पोखरा १८ सराङकोटमा विस्तार हुँदै गरेको धार्मिक क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने सारङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए । यहाँ रहेको कैलाशेश्वर महादेव मन्दिरमा प्रत्येक सोमबार साँझ ५ देखि ७ बजेसम्म महाआरती हुन्छ । सारङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर (कैलाशेश्वर महादेव), नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएको समितिका अध्यक्ष जिसीले जानकारी दिए । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । 

सोही क्षेत्रको विकासका लागि फागुन १४ देखि २१ गतेसम्म श्रीमद्भागवत् ज्ञानमहायज्ञ आयोजना गरिएको थियो । निर्माण गरिएका संचरनाको दिगो व्यवस्थापनमा अलावा बालउद्यान, योग ध्यान केन्द्रसहित दृश्य अवलोकनका लागि सिसाको आकाशे पुलसहितको थप संरचना बनाउने लक्ष्य रहेको अध्यक्ष जिसीले बताए । 

NPJA-Photo-1-1742957803.jpg
पोखरा १८ वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सराङकोट क्षेत्रको विकासका लागि पत्रकारहरूको अहम् भूमिका भएकाले यसको प्रचारप्रसारमा फोटो पत्रकारको फोटोले अझ टेवा पुग्ने विश्वास व्यक्त गरे । धार्मिक क्षेत्रको विकासका लागि समितिले गरेको काममा आफ्नो वडाको तर्फबाट सधैँ साथ र सहयोग रहने पनि उनको भनाइ थियो । 

यस क्षेत्रमा सडकमार्ग अलावा केबलकारमार्फत पनि पुग्न सकिन्छ । महाआरतीसँगै त्यस क्षेत्रको दृश्यावलोकनका लागि सोमबार साँझ ४ देखि ७ बजेसम्म केबलकारमा छुटको व्यवस्था रहेको छ । नेपालीका लागि सो समयमा महाआरतीसँगै सराङकोट क्षेत्र जान आउनका लागि २ सय ५० रुपैयाँ मूल्य तोकिएको अन्नपूर्ण केबलकारका बजार व्यवस्थापक अरुण कोइरालाले जानकारी दिए । यसबाट पनि त्यस क्षेत्रको पर्यटन प्रवर्द्धन टेवा पुग्ने उनले सुनाए । 

फोटो पत्रकारले कैद गरेका तस्बिरले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भएकाले समय समयमा एनपीजेएले यस खालको कार्यक्रम गर्दै आएको अध्यक्ष राम गुरुङले बताए । पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा फोटोको माध्यमबाट यहाँको पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ कास्की सदैव तयार रहेको उनले प्रतिबद्धता जनाए ।


प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्
थप मातृभूमि नेपाल
कोशी सीप उत्सव: यादव, कोइराला र सोनाम बने स्किल्स आइकन
कोशी सीप उत्सव: यादव, कोइराला र सोनाम बने स्किल्स आइकन आइतबार, जेठ ११, २०८२
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै आइतबार, जेठ ११, २०८२
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि शनिबार, जेठ १०, २०८२
काठमाडौँमा एभरेस्ट समिटर्स समिट: बेलायतसहित विभिन्न देशका आरोही सहभागी हुने
काठमाडौँमा एभरेस्ट समिटर्स समिट: बेलायतसहित विभिन्न देशका आरोही सहभागी हुने शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार शुक्रबार, जेठ ९, २०८२
एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र
एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र बिहीबार, जेठ ८, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्