जहाँ प्रेम हुन्छ
त्यहाँ फूल हुन्छ,
जून हुन्छ
अनि ताराहरू टाढा आकाशमा होइन
टिल्प्पिलाउँछन्
मन भित्र भित्रै
त्यहाँ,
न रात हुन्छ, न दिन ढल्छ
मात्र मायै मायाको
मिठो आभाष हुन्छ
चिसो सिरेटो बाहिर
होइन भित्री मनमा
चल्छ, छाल समुद्रमा
होइन मुटुबाट उत्पन्न भै
आँखा-आँखाबाट
छल्किन्छ //
त्यहाँ न
नदी हुन्छ, न समुद्र हुन्छ
हुन्छ त केवल
मायाको महासागर हुन्छ
अनि छेउमा हुन्छ
उज्यालो स्वर्गजस्तो कल्पनाको विशाल किनारा हुन्छ |
जहाँ फूल फूल्छ्न्
भमरा झुल्छ्न्
अनि काँडाहरू गीत
गाउँछन्
र यादहरू छम्मछम्म नाच्न थाल्छन् //
जहाँ प्रेम हुन्छ
त्यहाँ,
बन्धकीमा हुन्छन् मुटुहरू
धितो बन्छन् जिउज्यान
अनि बलिदानमा उत्रन्छन्
बाचा कसमहरू !
त्यहाँ,
प्रेमको वर्षात् हुन्छ
उर्लिन्छ मायाको सागर
त्यहाँ जात, भात अनि बन्धन हुँदैन
बस,
फुल्छ्न् फूलहरू
नाच्छन् काँडाहरू
रमाउन्छ्न् पुतलीहरू
अनि मुस्कुराउँछन्
प्रेम जोडीहरू //
ताप्लेजुङ, हाल हङकङ