काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमा गुरुङ चयन भएकी छन् । बुधबार सम्पन्न तेस्रो महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चुनेको हो ।
कास्कीकी गुरुङ रेडियो गोर्खालीमा आबद्ध छिन् । समितिको उपाध्यक्ष खुलातर्फ धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष महिलामा शिला गुरुङ (नवलपुर), महासचिव सुरज थापामगर (कास्की), सचिव खुलामा दिलप्रसाद गुरुङ (कास्की), सचिव महिलामा कला राना (स्याङ्जा) र कोषाध्यक्षमा सुमन थापामगर (कास्की) चुनिएका छन् ।
कार्यसमिति सदस्यहरूमा यमबहादुर सोनै मगर (नवलपुर), खडकबहादुर आले (तनहुँ), मनबहादुर गुरुङ (कास्की), चेतबहादुर थापा (कास्की), चन्द्रकुमारी महतो (नवलपुर), पुनम थापामगर (कास्की), कृष्ण श्रेष्ठ (कास्की) र कविता घर्तीमगर (कास्की) रहेका छन् ।

महाधिवेशनबाट संघीय प्रतिनिधिमा रुद्र श्रीषमगर, रत्ना गुरुङ, यामबहादुर थापामगर र अर्जुन गाहा (सुशान्त)लाई चयन गरेको छ । महाधिवेशनको उद्घाटन आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले गरेका थिए ।
फोनिजको केन्द्रीय महाधिवेशन आगामी चैत अन्तिम साता लुम्बिनीमा हुने तय छ।