पोखरा । पोखरा-९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले २८औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमका साथसाथै पोखरा मनपा वडा नं ९ ले सो विद्यालयमा स्थापना गरेको प्राथमिक उपचार कक्षको समुद्घाटन सम्पन्न गरेको छ ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थइन् भने कक्षा ८ की छात्रा मेनुका तामाङले स्वागत मन्तव्य राखेकी थइन् ।

हाल २५२ जना विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयमा विभिन्न समयमा सहयोग प्रदान गर्ने दाताहरुः पोखरा मनपा वडा नं ९ को कार्यालय, सहारा यूके, विद्यालयका पूर्वअध्यक्ष दुर्गाबहादुर गुरुङ,डा.प्रिया गुरुङ, सुवेदार्नी धनकुमारी गुरुङ, अमर गुरुङ, सुदर्शन रञ्जित,चिल्ड्रेन नेपाल, रामजी तिवारी, अक्षय कोष दाता लेखनाथ चालिसे, राजु लालचन र विद्यालयमा कार्यरत शिक्षकद्वय शान्ति सुवेदी बराल र रुक्मिनी भट्टराईलाई मन्त्री थापाले प्रशंसापत्र वितरण गरेका थिए ।
कार्यक्रममा विशेष अतिथि शिक्षा विकास समन्वय एकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले मूलतः सामुदायिक विद्यालयहरुमा कमजोर आर्थिक अवस्थाका अभिभावकहरुका बालबालिकाहरु अध्ययन गर्ने र उनीहरुको विद्यालयमा अन्तरक्रिया निकै कम हुने हुँदा अभिभावकहरुलाई विद्यालयसँग अन्तरक्रिया सँगसँगै आफ्ना बालाबालिकाहरुको पठाईबारे चासो प्रकट गर्नमा अभिभावकहरूलाई अपिल गरे । सोही क्रममा आचार्यले विद्यालयको थप प्रगतिका लागि शुभकामनासमेत व्यक्त गरे ।


कार्यक्रममा अर्का विशेष अतिथि पोखरा मनपा वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयलाई २८ वर्षसम्म ल्याउन हरेक तहबाट लागीपर्ने व्यक्तित्वहरुको योगदानप्रति आभार प्रकट गरे । साथै उनले आफ्नो कार्यकालमा विद्यालयसँग प्रत्यक्षरुपमा जोडिएका विभिन्न विद्यालयको सफलताको साक्षी हुन पाउँदा निकै खुशी रहेको धारणा राख्दै वडा कार्यालयबाट प्रदान गरिएको प्राथमिक उपचार कक्षबाट बालबालिका, शिक्षक कर्मचारीहरुले सुविधा लिन पाउनेमा विश्वस्त देखिए । सोही क्रममा उनले विद्यालयको आवश्यकता र मागलाई वडाको क्षमताअनुसार सुनुवाइ गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रमुख अतिथि गण्डकी प्रदेशका समाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले मन्तव्यका क्रममा विद्यालयको प्रगति प्रति खुसी व्यक्त गर्दै विद्यालयलाई भौतिक रुपमा संरचना निर्माणमा कठिनाई रहेको जानकारी गराउँदै विद्यालयलाई आवश्यक पर्ने प्रविधिमैत्री तथा अन्य सामग्रीहरु प्रदान गर्नेमा आस्वस्त पारे । सोही क्रममा विद्यालयलाई भोलिका दिनमा स्थान्तरण गर्नुपर्ने अवस्था सृजित भएमा पनि विद्यालयलाई वडा नं ९ मा नै स्थापत गराउनेमा अफू प्रतिबद्ध रहेको समेत बताए ।

मन्तव्यका क्रममा वडा कार्यालयले विद्यालयमा प्राथमिक उपचार कक्षा निर्माण गरी बाबलाबलिकाहरुलाई पुर्याएको टेवाप्रति आभार व्यक्त गर्दै विद्यालयका अध्यक्ष, प्रअ लगायत दाता र सम्पूर्ण विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममको समापनका क्रममा विद्यालयका अध्यक्ष विक्रम थकालीले कार्यक्रममा सबैको उल्लेखनीय उपस्थितिले कार्यक्रम उत्कृष्ट रुपमा सफल भएको बताउँदै प्रमुख अतिथि, विशेष अतिथि, सहयोगीदाता, अतिथि, पत्रकार, शिक्षक, अभिभावक, विद्यार्थीहरु सबैलाई धन्यवाद व्यक्त गरे । सोही क्रममा थकालीले विद्यालयलाई २०५३ देखि हालसम्म ल्याई पुर्याउने सबैलाई स्मरण गर्दै आभार प्रकट गरे ।
अक्षय कोषदाता, विभिन्न संघसंस्थाका प्रतिनिधि, सहयोगी दाता, पूर्वअध्यक्ष एवम् शिक्षक,अभिभावक, शिक्षक,पत्रकार, विद्यार्थी,छिमेकी विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा बालबालिकाहरुको नृत्यका साथसाथै विद्यालयको विविध गतिविधिहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरणका साथसाथै विद्यालयमा स्थापित हरिगोपाल गणेशमाया, धर्मकुमारी चालिसे,विशाल भण्डारी, झलकुमारी काप्रि स्मृति अक्षय कोषमार्फत विद्यालयका जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई नगद एवम् जिन्सी छात्रवृत्ति अक्षय कोष दाताहरुमार्फत प्रदान गरिएको थियो ।
विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रमा पोखरा मनपा शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मी, नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटा, सिविन नेपाल पोखराका कार्यक्रम संयोजक शंकर नेपाली,टोल विकास समन्वय समिति वडा नं ९ का अध्यक्ष उत्तम जोसी, कृष्णटोल आमा समूहकी अध्यक्ष रुपा केसी,सहारा क्लब पोखराका पूर्वअध्यक्ष विरभद्र आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष तिर्थराज ढकाल, विद्यालयका निवर्तमान संयोजक तथा वडा नं ९ का जनप्रतिनिधि नन्दराम गिरी लगायतकाले मन्तव्य राखेका थिए ।