Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 25, May, 2025 आइतबार, जेठ ११, २०८२
18:55:39
०५:५५:३९
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
मातृभूमि नेपाल
  • Home
  • मातृभूमि नेपाल
  • भव्य बन्यो गोर्खाज् इन्टेक १९८५ को ४०औँ वार्षिकोत्सव 
भव्य बन्यो गोर्खाज् इन्टेक १९८५ को ४०औँ वार्षिकोत्सव 
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता आइतबार, माघ २७, २०८१

काठमाडौँ । गोर्खाज् इन्टेक १९८५ ले शनिबार धूमधामसँग ४०औँ वार्षिकोत्सव मनाएको छ । काठमाडौँको सोल्टी होटलमा आयोजित भव्य समारोहबीच वार्षिकोत्सव मनाएको हो । 

नम्बरी र परिवारको फोटोसेसन र स्वागतपछि दिउँसो दुई बजे औपचारिक कार्यक्रम सुरु भएको थियो । महासचिव विजय गुरुङले ‘जय गोर्खाली’ भन्दै कार्यक्रम अघि बढाए । स्वास्थ्य र सुरक्षाबारे उपाध्यक्ष सूर्य गुरुङले जानकारी गराएका थिए। 

475847023_1348295383025900_8006842720508930718_n-1739078776.jpg
अध्यक्ष लालबहादुर लिम्बू र कार्यक्रमका मुख्य संयोजक एवं संस्थापक अध्यक्ष शेरबहादुर सुनारले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । त्यसपछि नेपाल र बेलायतको राष्ट्रिय गान प्रस्तुत हुनेछ । उपाध्यक्ष नारायण भण्डारी एमभीओले स्वागत मन्तव्य राख्दै संस्थाले मातृभूमि नेपाललाई विभिन्न आपत्‌विपत् परेको बेला सहयोग गरेको र सहयोग जारी राख्ने बताए।  

त्यसपछि विभिन्न समयमा मृत्यु भएका नम्बरीहरूको सम्झनामा स्मृतिसभा गरिएको थियो । इन्टेक १९८५ मा ४८२ जनाको टोली भर्ती भएकामा १३ जना नम्बरीहरूको मृत्यु भइसकेको छ । कार्यक्रममा उपस्थित सबैले उनीहरूको सम्झना गरेका थिए । 

475016023_921967020110615_4889423286612560949_n-1739079079.jpg
स्मृतिसभापछि गायिका बार्ता गन्धर्वले स्वागत गान प्रस्तुत गरेकी थिइन् । लगत्तै नेपाल पत्रकार सहासंघ यूकेकी उपाध्यक्ष प्रमीला लाबुङ राईले ४०औ वार्षिकोत्सवको अवसरमा जारी गरिएको प्रेस विज्ञप्ति वाचन गरेर सुनाएकी थिइन् । विज्ञप्तिमा आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गर्न माग गरिएको छ । ‘हामी मातृभूमिलाई त्याग्न चाहँदैनौँ । त्यसैले नेपाल सरकारले ब्रिटिस गोर्खा सैनिकहरू र हाम्रा परिवारलाई गैरआवासीय नागरिक नबनाओस् भन्ने आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘बेलायत र नेपाल सरकारबीच दुई पक्षीय सम्झौता गरी हाम्रो भावनाको कदर गर्दै आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गरियोस् भन्ने माग दोहोर्‍याउन चाहन्छौँ ।’

476177609_1349951269371188_4090462689680884714_n-1739079106.jpg
त्यसपछि वार्षिकोत्सवको केक काटेर कार्यक्रम सेलिब्रेसन गरिएको थियो । मुख्य संयोजक सुनार र अध्यक्ष लालबहादुर लिङ्‌देन लिम्बूले केक काटेका थिए । पूर्वअध्यक्ष तथा सल्लाहकारहरूले साथ दिएका थिए । 

आफ्नो मन्तव्य राख्नै मुख्य संयोजक सुनारले ४० वर्षअघि आमाले रातो टिका लगाएर ‘यसरी नै फर्किएर आएस् है बाबु’ भनेर बिदा गरेको क्षण सम्झिए । सो क्रममा भावुक बनेका उनले संसारका विभिन्न स्थानमा बसोबास गरिरहेका नम्बरीहरूलाई सम्झिँदै कार्यक्रममा उपस्थित सबैलाई शुभकामना तथा कार्यसमिति र संयोजक टिमलाई धन्यवाद दिए । यस्तै, उनले हाल नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार दम्पतीलाई पनि स्वागत र भ्रमण सफलताको शुभकामना दिए । मन्तव्यका क्रममा आफूहरू सुगौली सन्धिमार्फत ब्रिटिस आर्मीमा भर्ती भए पनि नेपाल सरकारले नागरिकताबाट वञ्चित गरेको गुनासो गरे । वीर गोर्खालीहरूलाई अनागरिक र गैर नेपाली नबनाउन नेपाल सरकारसँग उनले माग गरेका थिए । 

मुख्य संयोजक सुनारको मन्तव्यपछि कलाकार सम्झना गुरुङले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् । सो अवसरमा संस्थाको आठौँ कार्यसमितिलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । गन्ज आले र शेरबहादुर सुनारले प्रमाणपत्र प्रदान गरे । 

476124291_1183811253107167_6386944418727868618_n-1739078863.jpg
कार्यक्रम सफल पार्न आर्थिक सहयोग गर्नेहरूलाई पनि प्रमाणपत्र र खादाले सम्मान गरिएको थियो । यहाँ नामावली चन्द्र शाही, सूर्य गुरुङ, नेपालधन राई, शेरबहादुर सुनार, लालबहादुर लिम्बू, विजय गुरुङ, फत्त गुरुङ, रामप्रसाद राई, नारायण भण्डारी एमभीओ र धिरेन लिम्बूले जनही १ लाख रुपैयाँ र गणेश विकले ५०० पाउन्ड सहयोग गरेका छन् । उनीहरूलाई मञ्चमा बोलाएर सम्मान गरिएको थियो। विभिन्न कारणले कार्यक्रममा उपस्थित हुन नसके पनि गणेश विक, किशोर तिलिहाङ, वेनकुमार गुरुङ, ओमप्रसाद थापा र छवि रानाले शुभकामना दिएका थिए। 

अध्यक्ष लिम्बूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने र उपस्थति सबैलाई धन्यवाद दिएका थिए ।

476916745_1123083952625829_7931687679565249902_n-1739078891.jpg
त्यसपछि सांस्कृतिक तथा संगीतिक कार्यक्रम भएको थियो । विभिन्न कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्नेछन् । चर्चित गायक आनन्द कार्की र गायिका साहिमा श्रेष्ठले ‘जनम् जनम् जिउँला सँगै’लगायत गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । निर्जला गुरुङको गीत र नृत्यमा लाहुरेहरू नाचेका थिए । गायिका गंगा फियाकको पालममा लाहुरेहरू धान नाचेका थिए । गायक पृथ्वी गुरुङ, पवित्र गुरुङलगायतले गीत गाएर सबैलाई बनाए । रिना थापा मगरलगायत कलाकारले नृत्य प्रस्तुत गरेर मनोरञ्जन गराए । कार्यक्रम मध्यरातसम्म नै चलेको थियो । 

वार्षिकोत्सवको इभेन्ट टिम मुख्य संयोजक शेरबहादुर सुनार तथा संयोजकहरूमा नेपालधन राई, राजन कुमार क्षेत्री, नारायण भण्डारी एमभीओ, सूर्य गुरुङ, दीपक घले र मीन बगाले थापा रहेका छन् । फोटो/भिडियोग्राफरमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र नमस्ते इभेन्ट नेपाल रहेका थिए । 

कार्यसमितिको अध्यक्षमा लालबहादुर लिम्बू, उपाध्यक्ष नारायण भण्डारी एमभीओ र सूर्य गुरुङ, विजय गुरुङ महासचिव, श्रीप्रसाद लिम्बू सचिव, धिरेन चेम्जोङ कोषाध्यक्ष, सहकोषाध्यक्ष चन्द्र शाही, मिडिया सचिव मिलन तमु, असिस्टेन्ट मिडिया सचिव वेन गुरुङ, सांस्कृतिक सचिव तुल गुरुङ, कर्ण राई खेलकुद सचिव र वाइन रेक्रेटरी मणी राई रहेका छन् । 

सल्लाहकारमा शेरबहादुर सुनार, नेपालधन राई, राजन कुमार क्षेत्री, अमरजंग सुब्बा, योगकुमार फगामी, गन्ज आले र पीताम्बर राना रहेका छन् ।

475791606_573670222313640_7472893446722299820_n-1739078830.jpg
476411147_3898839370432286_1545123437907863574_n-1739078994.jpg

476194239_1723173338238070_7595448988660840246_n-1739078925.jpg
 


प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप मातृभूमि नेपाल
कोशी सीप उत्सव: यादव, कोइराला र सोनाम बने स्किल्स आइकन
कोशी सीप उत्सव: यादव, कोइराला र सोनाम बने स्किल्स आइकन आइतबार, जेठ ११, २०८२
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै आइतबार, जेठ ११, २०८२
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि शनिबार, जेठ १०, २०८२
काठमाडौँमा एभरेस्ट समिटर्स समिट: बेलायतसहित विभिन्न देशका आरोही सहभागी हुने
काठमाडौँमा एभरेस्ट समिटर्स समिट: बेलायतसहित विभिन्न देशका आरोही सहभागी हुने शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार शुक्रबार, जेठ ९, २०८२
एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र
एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र बिहीबार, जेठ ८, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

gurkhamedia18@gmail.com

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्