काठमाडौँ । गोर्खाज् इन्टेक १९८५ ले शनिबार ४०औँ वार्षिकोत्सव धूमधामसँग मनाउँदै छ । काठमाडौँको सोल्टी होटलमा भव्य समारोह आयोजना गरिएको छ ।
वार्षिकोत्सव समारोह दिउँसो दुई बजे सुरु हुनेछ । फोटोसेसन र स्वागतपछि औपचारिक कार्यक्रम हुनेछ । कार्यक्रम सञ्चालन महासचिव विजय गुरुङ र शोभा त्रिपाठीले गर्नेछन् । स्वास्थ्य र सुरक्षाबारे उपाध्यक्ष सूर्य गुरुङले जानकारी गराएपछि अध्यक्ष लालबहादुर लिम्बू र कार्यक्रमका मुख्य संयोजक शेरबहादुर सुनारले दीप प्रज्जलन गरेर उद्घाटन गर्नेछन् ।
त्यसपछि नेपाल र बेलायतको राष्ट्रिय गान प्रस्तुत हुनेछ । स्वागत मन्तव्य नारायण भण्डारी एमभीओले, स्वागत गान बर्त गन्धर्वले प्रस्तुत गर्नेछन् । प्रमीला लाबुङ राईको मन्तव्य, सम्झना गुरुङको नृत्य र विजय गुरुङको मन्तव्यपछि केक काट्ने कार्यक्रम रहेको छ ।
मुख्य संयोजक सुनार र अध्यक्ष लिम्बूले आफ्नो मन्तव्य राख्नेछन् । त्यसपछि सांस्कृतिक तथा संगीतिक कार्यक्रम सुरु हुनेछ । विभिन्न कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्नेछन् । चर्चित गायक आनन्द कार्की, गायिका साहिमा श्रेष्ठ, पवित्र गुरुङ, राजु आरडी, निर्जला गुरुङलगायत कलाकारले गीत तथा पृथ्वी गुरुङ, रिना थापा मगरलगायत कलाकारले नृत्य प्रस्तुत गरेर मनोरञ्जन गराउनेछन् । त्यसपछि डिनरसँगै राति साढे १० बजे कार्यक्रम सम्पन्न हुनेछ ।
इभेन्ट टिमको मुख्य संयोजक शेरबहादुर सुनार तथा संयोजकहरूमा नेपालधन राई, राजन कुमार क्षेत्री, नारायण भण्डारी एमभीओ, सूर्य गुरुङ, दीपक घले र मीन बगाले थापा रहेका छन् । फोटो/भिडियोग्राफरमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र नमस्ते इभेन्ट नेपाल रहेका छन् ।
सन् १९८५ को जनवरीमा बेलायतकी महारानी स्व. एलिजाबेथ द्वितीयको शपथ लिँदै गोर्खा इन्टेक १९८५ को ४८२ जनाको टोली भर्ती भएका थिए । मातृभूमिदेखि एकै साइत बनाएर सुरु गरेको सैनिक यात्रामा नोकरीदेखि हालसम्म १३ जना नम्बरीहरूको मृत्यु भइसकेको छ । बाँकी नम्बरीहरू सेवा निवृत्त भएर विभिन्न देशमा बस्दै आएका छन् ।
कार्यसमितिको अध्यक्षमा लालबहादुर लिम्बू, उपाध्यक्ष नारायण भण्डारी एमभीओ र सूर्य गुरुङ, विजय गुरुङ महासचिव, श्रीप्रसाद लिम्बू सचिव, धिरेन चेम्जोङ कोषाध्यक्ष, सहकोषाध्यक्ष चन्द्र शाही, मिडिया सचिव मिलन तमु, असिस्टेन्ट मिडिया सचिव वेन गुरुङ, सांस्कृतिक सचिव तुल गुरुङ, कर्ण राई खेलकुद सचिव र वाइन रेक्रेटरी मणी राई रहेका छन् ।
सल्लाहकारमा शेरबहादुर सुनार, नेपालधन राई, राजन कुमार क्षेत्री, अमरजंग सुब्बा, योगकुमार फगामी, गञ्ज आले र पीताम्बर राना रहेका छन् ।