कास्की । गोर्खा मिडिया यूकेले दुई जना कलाकारलाई पुरस्कृत गरेको छ । आफ्नो चौथो वार्षिकोत्सवमा घोषणा गरेबमोजिम बिहीबार पोखरामा एक समारोहबीच लोकगायिका लमजुङकी मायादेवी थापा गुरुङ र कास्कीका अभिनेता गमबहादुर गुरुङलाई नगद, प्रमाणपत्र र फेटा तथा दोसल्लासहित पुरस्कृत गरिएको हो । दुवै कलाकारलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
पुरस्कृत कलाकारहरुलाई प्रमुख अतिथि एवं तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, ट्रस्टी तथा गोर्खा मिडियाका सल्लाहकार एकेन्द्र गुरुङ, पत्रकार दीपेन्द्र श्रेष्ठ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले विभिन्न पुरस्कार प्रदान गरेका थिए ।
आफूलाई पुरस्कृत गरेकोमा गोर्खा मिडिया र प्रबन्ध निर्देशक मिलन तमुलाई गायिका माया गुरुङले धन्यवाद दिइन् । उनले जीवनको उत्तरार्द्धमै भए पनि एकल साँझ गर्ने आफ्नो धोको रहेकोले सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् । यस्तै अभिनेता तथा गीतकार गमबहादुर गुरुङले आफूलाई सम्मान गरेकोमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुप्रति आभार प्रकट गरे ।
तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङले पुरस्कृत व्यक्तिहरुलाई बधाई तथा शुभकामना दिए । उनले गोर्खा मिडियाले मिडियाका साथै शिक्षा, स्वास्थ्य, कलाकारितालगायत क्षेत्रमा पुर्याइरहेको योगदानको प्रशंसा गरे । यस्तै गोर्खा मिडियाका सल्लाहकार एकेन्द्र गुरुङले सम्मानितहरुलाई बधाई तथा शुभकामना दिँदै गोर्खा मिडिया लुकेका प्रतिभा र दुनदुखीको सहयोगी गोर्खा मिडिया बनेको भन्दै प्रशंसा गरे । उनले मिलन तमुले समाजमा शिक्षा, स्वास्थ्य, कलाकारितालगायतमा योगदान दिँदै आएको उल्लेख गरे ।
कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ, तमु धीं यूकेका पूर्वअध्यक्ष नन्दजंग गुरुङ, तमु प्ये ल्हु संघ यूकेका उपाध्यक्ष अमर गुरुङ, प्राज्ञ गजेन्द्र गुरुङ, होटल टास्क इन्टरनेसनलका प्रबन्ध निर्देशक मिन गुरुङ, जिफानका पूर्वअध्यक्ष तथा चलचित्रकर्मी भोज गुरुङ, गायिका सरिता सारु मगर, रेडियो गोर्खाली स्टेशन म्यानेजर खिमा गुरुङ, लोकदोहोरी कलाकार संगीता गुरुङ, गोर्खा मिडियाका सल्लाहकार एवं फोटो पत्रकार सुदर्शन रन्जित, गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष गौरी तमूलगायतको उपस्थिति थियो ।
प्रबन्ध निर्देशक मिलन तमुको सभापतित्वमा भएको कार्यक्रम जुना थापाले सञ्चालन गरेकी थिइन् । प्रबन्ध निर्देशक मिलन तमुले कार्यक्रममा उपस्थित भएर शोभा बढाइदिएकोमा सबैलाई धन्यवाद दिए ।
![476203383_8635494833221820_67168581893864301_n-1738864756.jpg](https://gurkhamedia.com/uploads/posts/476203383_8635494833221820_67168581893864301_n-1738864756.jpg)
![475576476_1169309161451459_3816039418092703146_n-1738864764.jpg](https://gurkhamedia.com/uploads/posts/475576476_1169309161451459_3816039418092703146_n-1738864764.jpg)
![476629273_625112756738518_6760134494247451631_n-1738864753.jpg](https://gurkhamedia.com/uploads/posts/476629273_625112756738518_6760134494247451631_n-1738864753.jpg)
![476181991_1338855777138516_3395446727103379382_n-1738864762.jpg](https://gurkhamedia.com/uploads/posts/476181991_1338855777138516_3395446727103379382_n-1738864762.jpg)
![476421393_1132703228104726_3381351395164779386_n-1738864763.jpg](https://gurkhamedia.com/uploads/posts/476421393_1132703228104726_3381351395164779386_n-1738864763.jpg)
![475741245_521660754279952_65779691016178137_n-1738864753.jpg](https://gurkhamedia.com/uploads/posts/475741245_521660754279952_65779691016178137_n-1738864753.jpg)
![474082546_1004524431579741_826429981828497546_n-1738864758.jpg](https://gurkhamedia.com/uploads/posts/474082546_1004524431579741_826429981828497546_n-1738864758.jpg)