पोखरा । पर्वतको चारभन्ज्याङ गाउँबाट पोखरा आएर बसोबास गर्ने तमुहरूको सामुदायिक धरोहर चारभन्ज्याङ तमु समाज पोखराका युवा संगठित भएका छन् ।
सामाजिक एवं सामुदायिक दायित्वलाई आत्मसाथ गर्दै पोखरा-९ नयाँ बजारस्थित चारभन्ज्याङमा सम्पन्न भेलाले युवराज गुरुङ (भँगरा)को अध्यक्षतामा १७ सदस्यीय चारभन्ज्याङ तमु समाज पोखरा युवा समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा बेलबहादुर गुरुङ (ठाना), सचिवमा मेधावी गुरुङ (खाल्टे), सहसचिवमा इमान गुरुङ (भँगरा), कोषाध्यक्षमा सलिना गुरुङ (भँगरा) चयन भएका छन् । यसरी नै सदस्यमा राजबहादुर गुरुङ (भँगरा), विन्ति गुरुङ (भँगरा माझकटेरा), सञ्जिता गुरुङ (भँगरा), निश्चल गुरुङ (भँगरा), सरिना गुरुङ (भँगरा माझकटेरा), जिदान गुरुङ (नेपाने), हिमाल घले (खाल्टे), हेमन्त गुरुङ (लामे) रोनिस गुरुङ (ठाना), रेञ्जिना गुरुङ (ठाना), रिवाज गुरुङ (मुलावारी) र सम्झना गुरुङ (भँगरा) रहेका छन् ।
युवा समितिको गठनका लागि चारभन्ज्याङ आईसीसीका कृष्णकुमार गुरुङले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । चारभन्ज्याङ तमु समाज पोखराका अध्यक्ष गणेशबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा युवा समिति गठन र आवश्यकताबारे चारभन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष एवं तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी गराएका थिए ।
कार्यक्रममा चारभन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिद्धारा आगामी फागुन ३ गते पोखरामा च्यारिटी डिनर नाइट आयोजना गर्नेबारे पनि जानकारी गरायो । परोपकारी उद्देश्यका लागि आयोजना गरिएको सो डिनर नाइटबारे आईसीसीका महासचिव डिबी गुरुङले चर्चा गरे । कार्यक्रम सञ्चालन चारभन्ज्याङ तमु समाज पोखराका सचिव चन्द्रबहादुर गुरुङले गरे ।
सो अवसरमा तमु धीं यूकेको आमन्त्रणमा यूके भ्रमण गरी फर्किएका तमु धीं नेपालका अध्यक्ष एवं चारभन्ज्याङ तमु समाज पोखराका सल्लाहकार हुमबहादुर गुरुङ र चारभन्ज्याङ तमु समाज युरोपका अध्यक्ष प्रेमकाजी गुरुङ (मनु)लाई खादा लगाएर स्वागत गरिएको थियो ।