पोखरा । नेपाल भ्रमणमा रहेको तमु धीं यूकेको टोलीलाई बौद्ध अर्घौ सदन पोखरामा स्वागत गरिएको छ । सोमबार एक कार्यक्रमबीच टोलीलाई गुम्बा समितिका अध्यक्ष, मुल गुरुलगायतले भव्य स्वागत गरेका थिए ।
टोलीले सो अवसरमा कार्यक्रम सफल होस् भनेर पूजासमेत गरेका थिए । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ तथा आमा समूह अध्यक्ष कमला गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ र आमा समूहका निवर्तमान सन्ध्या गुरुङ, संस्थापक अध्यक्ष मीन प्रसाद गुरुङ, तमु धीं महासचिव डा. विशाल गुरुङलाई स्वागत गरिएको हो ।
![475739930_1820114042078991_3319569029593784412_n-1738594364.jpg](https://gurkhamedia.com/uploads/posts/475739930_1820114042078991_3319569029593784412_n-1738594364.jpg)
यस्तै टोलीमा रहेका एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ तथा श्रीमती सीता गुरुङ, तमु धीं यूकेका ट्रस्टी एवं सल्लाहकार एकेन्द्र गुरुङ, पुर्वअध्यक्ष नन्दजङ गुरुङ, पुर्वअध्यक्ष रामचन्द्र गुरुङ, तमु धीं साउथ ईस्ट लन्डन अध्यक्ष प्रेम कुमार गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, समाजसेवीहरू पार्वती गुरुङ, भोज गुरुङ, शान्त गुरुङ, मञ्जु गुरुङ, BGR UK ट्रस्टी चन्द्रमान गुरुङ, उषा गुरुङ, समी गुरुङ र यशोदा गुरुङलाई स्वागत गरिएको हो ।
![476075803_590239807322947_6684204753504410285_n-1738594402.jpg](https://gurkhamedia.com/uploads/posts/476075803_590239807322947_6684204753504410285_n-1738594402.jpg)
सो अवसरमा गुम्बा समितिले भगवान्लाई प्रसाद चढाउने तीन सेट पाला उपलब्ध गराइदिन अनुरोध गरेको थियो । यस विषयमा संस्थाका अध्यक्ष जुमकाजी गुरुङले पूर्वअध्यक्ष र ट्रस्टीहरूसँग सल्लाह गरेका थिए । सल्लाहपछि धीं यूकेले पाला उपलब्ध गराउने जिम्मा लिने अध्यक्ष गुरुङले जनाएका छन् । तीन सेट पालाको मूल्य २१ लाख रुपैयाँ लाग्ने जनाइएको छ । सो रकम तमु धीं यूकेले उपलब्ध गराउने छ ।
![475524431_1651419865453629_9106623213419055526_n-1738594432.jpg](https://gurkhamedia.com/uploads/posts/475524431_1651419865453629_9106623213419055526_n-1738594432.jpg)
![475531143_561793240148993_5602104672934285857_n-1738594465.jpg](https://gurkhamedia.com/uploads/posts/475531143_561793240148993_5602104672934285857_n-1738594465.jpg)